२ भदौ २०८३, मंगलबार | August 18, 2026

गठबन्धन नेतृत्वमै सरकार बन्छ : महरा



बाँके । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन दलको नेतृत्वमै नयाँ सरकार बन्ने बताएका छन् । बाँकेको नेपालगञ्जमा शनिबार कार्यकर्ता भेटघाट गर्न पुगेका महराले गठबन्धन नेतृत्व सरकार बन्ने बताएका हुन् ।

माओवादी प्रवक्ता समेत रहेका उनले सरकार निर्माणबारे आवश्यक छलफल भइरहेको बताए ।  ‘सरकार गठनका विषयमा आवश्यक छलफल चलिरहेको छ,’ उनले भने, ‘पार्टीले सबै दलसँग आवश्यक छलफल अगाडि बढाइसकेको छ, हाम्रो माग अनुसारको सरकार बनाउन हामीले काम गरिरहेका छौँ ।’

समाजवादी दलहरूको मञ्च निर्माणका लागि एमाले महासचिव शंकर पोखरेल, एकीकृत समाजवादीका नेताहरू, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह, धर्मेन्द्र बाँस्तोला लगायतले नेतृत्व गरेका पार्टीसँग समेत छलफल भइरहेको उनले बताए ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ७ : ०७ बजे

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

काभ्रेपलाञ्चोक । बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको

चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-६ लोक्पास्थित क्यान्टिलिभर पुल ढुङ्गा

दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन

चितवन । गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले यहाँको

प्रतिनिधिसभा बैठकमा आज चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान

बाढी पहिरोले म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित, दुई आयोजना बन्द

म्याग्दी । बाढी, पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत् आयोजनाको