१८ असार २०८३, बिहिबार | July 3, 2026

प्रधानमन्त्री पदमा अड्किएको नयाँ सरकार गठनको ‘गाँठो’



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि आह्वान गरेको म्याद आज साँझ ५ बजे सकिँदैछ । आयोगमार्फत आमनिर्वाचनको अन्तिम परिणाम प्राप्त गरेसँगै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नआएपछि नेपालको संविधानको धारा ७६ को उपधारा ९ ९२० बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्न आह्वान भएको हो ।

सरकार गठनका लागि पाँच दलीय गठबन्धनले बहुमत पुर्‍याउन सक्छ । यद्यपि, सत्ता गठबन्धनमा प्रधानमन्त्री पहिले को बन्ने भन्ने विषयले सरकार गठनको प्रक्रिया नै अड्केको छ ।

सबैभन्दा ठूलो दल कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति आफै लिन पहल गरिरहेको छ भने, तेस्रो दल माओवादी केन्द्रले पहिलो दुई वर्ष सरकारको नेतृत्व आफूले पाउनुपर्ने अड्डी कसेको छ । तर, गठबन्धनमा सरकारको नेतृत्व कसले लिने भन्नेबारे सहमति जुट्न सकेको छैन ।

शनिबार घनीभूत छलफलमा जुटेको गठबन्धनले कुनै निष्कर्ष निकाल्न सकेन । आइतबार बिहानैदेखि सरकार गठनका लागि सहमति जुटाउने गठबन्धनले प्रयत्न गरिरहेको छ । तर माओवादीको अडान र कांग्रेसको लचकतामा कमी नहुनुले सरकार गठनको विषय अन्योलमा परेको छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  १२ : ४१ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले