५ पुस २०८२, शनिबार | December 20, 2025

प्रचण्डलाई बधाई, अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस् : बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीमा सिफारिस भएकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आइतबार भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । र उक्त सहमतिअनुसार संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री पदमा दाबी गर्न एमाले, माओवादी केन्द्रसहित दलका शीर्षनेता राष्ट्रपति कार्यालय पुगेका छन् ।

एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टीबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो । १६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलका शीर्षनेताहरु ४ बजेर ४३ मिनेटमा राष्ट्रपति कार्यालय पुगेका छन् । यसपछि डा. भट्टराईले प्रचण्डलाई बधाई दिएका हुन् ।

‘नयाँ राजनीतिक समीकरणको तर्फबाट संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्रीकालागि राष्ट्रपतिसमक्ष सिफारिस हुनुभएका क।प्रचण्डलाई हार्दिक वधाई । अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्,’ भट्टराईले ट्वीट गरेका छन् ।

 

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ५ : ०४ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन