१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

प्रदेश-१ प्रदेशससभा सदस्यको शपथग्रहण आज, ५ जनाले लिम्बू र १ जनाले थारू भाषामा लिँदै



विराटनगर । प्रदेश १ को प्रदेशसभाका ९३ सांसदले सोमबार पद तथा गोपनीयताको शपथ लिँदैछन् । जसमध्ये पाँच जनाले लिम्बू भाषामा र एक जनाले थारू भाषामा शपथ लिने भएका छन् ।

लिम्बू भाषामा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, नेकपा ९एकीकृत समाजवादी० का खिनु लङ्वा लिम्बु र कमलप्रसाद जवेगु, नेपाली कांग्रेसका खगेनसिं हाङगाम र जनता समाजवादीकी निर्मला लिम्बूले यक्थुम लिम्बू भाषामा शपथ लिनेछन् ।

सुनसरीबाट नेपाली कांग्रेसको समानुपातिक सूचीमा परेकी सुनिता गच्छदारले थारू भाषामा शपथ ग्रहण गर्ने प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

प्रदेशसभा सदस्यमा निर्वाचित प्रदेश सभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईंले प्रदेशसभाको अध्यक्षता गर्ने व्यवस्थाअनुसार सोमबार दिनको मध्यान्ह साढे १२ बजे प्रदेश प्रमुखको कार्यालयमा संविधानको धारा १८२ को उपधारा ९५०, प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ र प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ को दफा १९ बमोजिम शपथ लिनेछन् ।

उनले शपथ लिएपछि प्रदेश सचिवालयमा पुगेर प्रदेश सभा हलमा बाँकी ९२ सांसदहरूलाई शपथ ग्रहण गराउनेछन् । गनगाईंले प्रदेशसभामा अर्को सभामुख चयन नहुञ्जेलसम्म प्रदेश सभा बैठकको अध्यक्षता पनि गर्नेछन् ।

प्रदेशसभा सचिवालयले मातृभाषामा शपथ लिन चाहने सदस्यहरूका शपथको ब्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सोही बमोजिम शपथ ग्रहण गर्ने व्यवस्था गरेअनुसार उनीहरूले लिम्बू र थारू भाषामा शपथ ग्रहण गर्ने जनाइएको छ ।

प्रदेश १ को प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ५८ र समानुपातिकतर्फबाट ३७ सांसद छन् ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ११ : ३९ बजे

सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा