२ भदौ २०८३, मंगलबार | August 18, 2026

नेतृत्वको कमजोरीले पार्टी अहिलेको अवस्थामा पुगेको कांग्रेस लुम्बिनीको निष्कर्ष



बुटवल । पार्टीको केन्द्रीय नेतृत्वप्रति नेपाली काँग्रेस लुम्बिनीले गम्भीर असन्तुष्टी प्रकट गरेको छ । सबैभन्दा ठूलो दल भएर पनि पार्टी अहिलेको अवस्थामा पुग्नुमा नेतृत्वको कमजोरी रहेको कांग्रेस लुम्बिनीको निष्कर्ष छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य सम्पादन समितिको सोमबार बुटवलमा बसेको बैठकले नेतृत्वले कमजोरी स्वीकार्नुपर्ने निष्कर्ष समेत निकालेको छ । प्रदेश सभापति अमरसिंह पुनको अध्यक्षतामा बसेको बैठकले देशको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा गहन छलफल गरेको कांग्रेस लुम्बिनीले जनाएको छ ।

कांग्रेस नेतृत्वको अदुरदर्शीताका कारण पार्टी राष्ट्रको बागडोर सम्हाल्ने अवसरबाट बन्चित भएको काँग्रेस लुम्बिनीको ठहर छ । प्रदेश सभापति पुनले जनताले दिएको म्यान्डेट र भावना बमोजिम अहिले नेतृत्व चल्न नसकेको बताए ।

उनले अहिलेको सरकार जनादेश विपरित बनेको र यसले नागरिकको आकांक्षा पुरा गर्न नसक्ने पनि दाबी गरेका छन् । बैठकले पार्टी सहमहामन्त्री विष्णु मुस्कान संयोजक रहने गरी महेन्द्र पाण्डे र रिना नेपाल सदस्य रहेको तीन संसदीय दलको विधान निर्माण उपसमिति बनाएको छ ।

प्रदेश संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचनका लागि सहमहामन्त्री खगराज पाण्डेको नेतृत्वमा विष्णु कुमारी सापकोटा र देवनारायण चौधरी सदस्य रहेको उपसमिति पनि निर्माण गरेको छ । संसदीय दलको निर्वाचन शपथ ग्रहण लगतै तय हुने लुम्बिनी कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ७ : १४ बजे

कांग्रेसले निर्वाचन अधिकृतलाई प्रशिक्षण दिँदै, महाधिवेशनको पूर्व तयारी सुरू

काठमाडौं । नेपाली कांग्रेसले आज पार्टी निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिँदै

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले गठन गर्‍यो चार सदस्यीय टोली

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान

काठमाडौं । टप एन्ड टी-२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

काभ्रेपलाञ्चोक । बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको

चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-६ लोक्पास्थित क्यान्टिलिभर पुल ढुङ्गा