१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

प्रचण्ड मन्त्रिपरिषदको पहिलो निर्णय – पासपोर्ट र लाइसेन्स लिँदा लामो लाइनको अन्त्य

छिट्टै संसदको अधिवेशन बोलाउने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले राहदानी, लाइसेन्समा आम सर्वसाधारण जनताले खेप्नु परिरहेको समस्यालाई समाधान गर्ने पहिलो निर्णय गरेको छ ।

सोमबार साँझ बसेको प्रचण्ड मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले राहदानी, लाइसेन्समा आम सर्वसाधारण जनताले खेप्नु परिरहेको समस्यालाई समाधान गर्ने कुरा आफ्नो सरकारको पहिलो प्राथमिकता रहेको बताए । प्रचण्डले अब पासपोर्ट र लाइसेन्स लिँदा लामो लाइन लाग्ने अवस्थाको अन्त्य गरिने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री प्रचण्डले देशको जटिल र चुनौतिपूर्ण अर्थतन्त्रलाई सुधार्ने काम आफुहरुको मुख्य प्राथमिकता भएको पनि जनाए । प्रचण्डले नेपालको अर्थतन्त्र जटिल भएकाले त्यसलाई सुधार्ने, प्रभावकारी उपायबाट समाधान गर्ने आफ्नो सरकारको मुख्य प्राथमिकतामा रहेको बताए । उनले आफ्नो सरकारले सुशासन कायम गर्नेपनि दाबी गरे ।

प्रचण्डले आज बसेको मन्त्रीपरिषद्को बैठकले चाँडै प्रतिनिधि सभाको बैठक बोलाउने निर्णय गरेको पनि जानकारी दिए ।
प्रचण्डले मन्त्रिपरिषद्मा आएका साथीहरुमा केही नयाँ काम गर्ने हुटहुटी भएका हुँदा आफू स्वतन्त्र भएर देश र जनताको लागि काम गर्ने स्पष्ट पारे ।

सोमवार अपरान्ह प्रधानमन्त्री दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको शपथग्रहण गरेका थिए । प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पनि पद तथा गोपनियताको शपथग्रहण गरेका थिए ।

८ सदस्यीय मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद रवि लामिछानेले शपथग्रहण गरेका थिए । त्यस्तै मन्त्रीहरु मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ८ : ५३ बजे

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल