७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रचण्ड मन्त्रिपरिषदको पहिलो निर्णय – पासपोर्ट र लाइसेन्स लिँदा लामो लाइनको अन्त्य

छिट्टै संसदको अधिवेशन बोलाउने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले राहदानी, लाइसेन्समा आम सर्वसाधारण जनताले खेप्नु परिरहेको समस्यालाई समाधान गर्ने पहिलो निर्णय गरेको छ ।

सोमबार साँझ बसेको प्रचण्ड मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले राहदानी, लाइसेन्समा आम सर्वसाधारण जनताले खेप्नु परिरहेको समस्यालाई समाधान गर्ने कुरा आफ्नो सरकारको पहिलो प्राथमिकता रहेको बताए । प्रचण्डले अब पासपोर्ट र लाइसेन्स लिँदा लामो लाइन लाग्ने अवस्थाको अन्त्य गरिने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री प्रचण्डले देशको जटिल र चुनौतिपूर्ण अर्थतन्त्रलाई सुधार्ने काम आफुहरुको मुख्य प्राथमिकता भएको पनि जनाए । प्रचण्डले नेपालको अर्थतन्त्र जटिल भएकाले त्यसलाई सुधार्ने, प्रभावकारी उपायबाट समाधान गर्ने आफ्नो सरकारको मुख्य प्राथमिकतामा रहेको बताए । उनले आफ्नो सरकारले सुशासन कायम गर्नेपनि दाबी गरे ।

प्रचण्डले आज बसेको मन्त्रीपरिषद्को बैठकले चाँडै प्रतिनिधि सभाको बैठक बोलाउने निर्णय गरेको पनि जानकारी दिए ।
प्रचण्डले मन्त्रिपरिषद्मा आएका साथीहरुमा केही नयाँ काम गर्ने हुटहुटी भएका हुँदा आफू स्वतन्त्र भएर देश र जनताको लागि काम गर्ने स्पष्ट पारे ।

सोमवार अपरान्ह प्रधानमन्त्री दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको शपथग्रहण गरेका थिए । प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पनि पद तथा गोपनियताको शपथग्रहण गरेका थिए ।

८ सदस्यीय मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद रवि लामिछानेले शपथग्रहण गरेका थिए । त्यस्तै मन्त्रीहरु मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ८ : ५३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११