१२ बैशाख २०८३, शनिबार | April 25, 2026

पुगेन भैरहवा भन्सारको लक्ष्य



भैरहवा । भैरहवा भन्सार कार्यालयको राजस्व लक्ष्यभन्दा कम सङ्कलन भएको छ । सरकारले विदेशबाट आउने केही सामानको आयातमा कडाइ गरेपछि राजस्व सङ्कलनमा असर परेको हो ।

गत साउनदेखि कात्तिक महिनासम्म लक्ष्य रु ४७ अर्ब ७७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा रु २५ अर्ब १३ करोड मात्रै सङ्कलन भएको भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले जानकारी दिए ।

अर्थ मन्त्रालयले विदेशी मुद्रा सञ्चितिमा कमी आएको बताउँदै १५० सिसिभन्दा माथिका मोटरसाइकल, जीप कार भ्यान, तीन सय डलर मूल्य माथिको मोबाइल, ५० इन्च माथिको टिभी र तयारी मदिरालगायतका सामानको आयातमा रोक लगाएकाले भन्सार राजस्व सङ्कलनमा कमी आएको प्रमुख पौडेलले बताए ।

सरकारले वस्तुको आयातमा अनिवार्य एलसी खोल्नुपर्ने नियम लगाई आयातमा कडाई गरेपछि विदेशी वस्तुको आयातमा समस्या सिर्जना भएको भैरहवा भन्सार कार्यालयको सूचना शाखाले जनाएको छ । राजस्व सङ्कलनमा कमी आएपछि सरकारले चालु आर्थिक वर्षको मङ्सिर २० गतेपछि महङ्गा गाडी, मोबाइल, मदिरा, मोटर साइकललगायत १० वस्तुमा लगाइएको आयात प्रतिबन्धमा फुकुवा गरे पनि राजस्व सङ्कलनमा सुधार नभएको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  १० : १८ बजे

सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल-इजिप्ट मैत्री दौड

काठमाडौं । सगरमाथा दिवस र अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा

थापाथली सुकुम्बासी बस्ती हटाउन डोजर परिचालन

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन डोजर प्रयोग सुरु

वीरगञ्जबाट पेट्रोलियम आयात, साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम नौ महिनामा पेट्रोलियम पदार्थ

नेपाल-बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

काठमाडौं । बङ्गलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ बङ्गलादेशको रङ्गपुरमा ‘नेपाल-बङ्गलादेश

आगलागीमा परी एक जनाको मृत्यु

कैलाली । घोडाघोडी नगरपालिका-१, सुखडस्थित एक लजमा गए राति आगलागी