२१ मंसिर २०८२, आइतबार | December 7, 2025

सत्ता समिकरण फेरिएसँगै मुख्यमन्त्रीहरुको सम्मेलन स्थगित



बुटवल । सत्ता समिकरण फेरिएसँगै लुम्बिनी प्रदेशको नयाँ राजधानी देउखुरीमा गर्ने भनिएको मुख्यमन्त्रीहरुको सम्मेलन स्थगित भएको छ । पुरानै गठबन्धनबाट बनेका मुख्यमन्त्रीहरुलाई देशमै एक मात्र नयाँ स्थानमा स्थानान्तरण गरिएको राजधानीको भ्रमण गराउने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको रहर गठबन्धन फेरिएसँगै अधुरो रहन गएको छ ।

पुस १५ गते दाङ देउखुरीमा मुख्यमन्त्री सम्मेलन गर्ने प्रदेश सरकारले तयारी गरेको थियो । अघिल्लो प्रदेश सरकारको मध्यावधिमा बनेको नयाँ सत्ता गठबन्धनबाट बनेका र समायावधि सकिनै लागेका अन्य प्रदेशका मुख्यमन्त्रीहरुलाई नयाँ राजधानीमा भ्रमण गराउने र गत ५ वर्ष कार्याकालको समिक्षा गर्न सम्मेलन गरिने भएपनि केन्द्रको समिकरण फेरिएपछि प्रदेश सरकारले सम्मेलन स्थगित गरेको हो ।

राजनीतिक कारणले नै मुख्यमन्त्री सम्मेलन स्थगित गर्ने निर्णय भएको लुम्बिनी सरकारका प्रवक्ता तथा आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताए ।

नेकपा फुटेर बनेको सत्ता गठबन्धनबाट कांग्रेस माओवादी गठबन्धन गरेर चुनावमा गएको भएपनि एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका छन्।

यसैबीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पुस १८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । शेरचनले स्थायी राजधानी देउखुरीमा बस्ने गरि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश सभा सदस्यको सपथग्रहण र बैठक लुम्बिनीको नयाँ राजधानी देउखुरीमा नै हुनेछ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ७ : ४४ बजे

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज

छत्रदेव-छत्रगञ्जमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए सेवा

अर्घाखाँची । छत्रदेव गाउँपालिका-५ नं. वडा कार्यालयको सहकार्यमा छत्रगञ्ज-रुपन्देही सम्पर्क

मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र

पोखरा । नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन

बर्दिया युवती आत्महत्या प्रकरणमा गृहमन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं। बर्दियामा नागरिकता नपाएकै कारण एक युवतीले ज्यान गुमाएको विषयमा

एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गतेदेखि