२२ भदौ २०८३, सोमबार | September 7, 2026

आजबाट देशभरका हलमा ‘डिसेम्बर फल्स’ प्रदर्शन



काठमाडौं । आजबाट फिल्म ‘डिसेम्बर फल्स’ सार्वजनिक प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै आज शुक्रबारबाट देशभर यो फिल्म प्रदर्शनमा आएको हो ।

अन्य कुनै नेपाली फिल्म भिड्न नआएको कारण यसले एकल प्रदर्शन अवसर पाएको छ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्मले सिंगल थियटरको अलवा मल्टिप्लेक्समा पनि राम्रो शो पाएको छ । देशकै सबैभन्दा ठुलो चेन भएको क्यूएफएक्सले यो फिल्मलाई देशभर २९ शोज दिएको छ ।

विशेषगरि, हलमा नयाँ फिल्म नहुनु, पुरानो फिल्मले पनि एक सातामै दम तोड्नु यसलाई फाइदा भएको देखिन्छ । लभ, एक्सन, सस्पेन्स र थ्रिलर बिषयमा निर्माण भएको यो फर्मुला फिल्म हो । दर्शक रिझाउने फर्मुला फिल्ममा रहेको निर्माण युनिटले बताउदै आएको छ ।

प्रवीण झाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको फिल्मलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । रिजालले यसअघि ‘वान डे’, ‘कसम’, ‘धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसकेका छन् । ‘डिसेम्बर फल्स’ उनको पाँचौ फिल्म हो ।

फिल्ममा आर्यन र उपासनाको अलवा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणा लगायतको अभिनय छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’ को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालसँगै राजकुमार भट्ट छन् ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ९ : ३० बजे

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको