६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

बाँकेको बाल सुधारगृह असुरक्षित : सुधार गृहबाट ४ जना फरार



नेपालगन्ज । बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधारगृहमा सुरक्षाको उचित व्यवस्था नहुँदा बाल सुधारगृहमा राखिएका चार जना फरार भएका छन् ।

अपराधमा मुछिएका बालकलाई उक्त बाल सुधार गृहमा राख्ने गरिएको छ । जबरजस्ती करणीका तीन जना र कर्तब्य ज्यान मुद्दाका एक जना विहीवार साँझ फरार भएको प्रहरीले जनाएको छ । सुधार गृहबाट जबरजस्ती मुद्दाका धर्म थापा, कृष्ण नगरकोटी र अविनाश पुन तथा कर्तब्य ज्यान मुद्दाका पुरन चौधरी फरार भएका हुन् ।

फरार रहेका बालकको खोजी जारी रहेको बाँके प्रहरीले जनाएको छ । बन्दी गृहमा रहेका बालक फरार भएपछि त्यसको छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको संयोजकत्वमा समिति समेत गठन गरिएको छ। समितिमा अनुसन्धान विभाग, प्रहरी र कारागारका प्रतिनिधी छन् ।

बाँके प्रहरीका प्रवक्ता डीएसपी रामप्रसाद घर्तिले फरार रहेका बालकको खोजी भइरहे पनि फेला नपरेको जानकारी दिए ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ३ : ५९ बजे

दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की ।आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

भक्तपुर । भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ