१६ भदौ २०८३, मंगलबार | September 2, 2026

कम्युनिष्टहरुसंग सहकार्य गर्न नहुने मेलमिलापको नीति सत्य साबित भएको बाँके कांग्रेसको ठहर



नेपालगन्ज । बाँके कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसमा यसको सान्दर्भिकताबारे नेपालगन्जमा चर्चा गरेको छ । ४७औं राष्ट्रिय मिलमिलाप दिवसका अवसरमा पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको विचार गोष्ठीमा बक्ताहरुले उतिबेलै विपीले मेलमिलापको नीतिमा कम्युनिष्टहरुसंग सहकार्य गर्न नहुने नीति अख्तियार गरेको र अहिले आएर त्यो प्रमाणित भएको बताए ।

उनीहरुले कम्युनिष्टहरुको अस्थिर र छेपारे प्रबृत्तिका कारण मेलमिलापमा कोइरालाले सहकार्य नगरेको ठोकुवा पनि गरे । वक्ताहरुले नेपाली राजनीतिका मूर्धन्य व्यक्तित्व विपी कोइरालाले अंगिकार गरेको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको पनि बताए ।

कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले अहिलेको परिस्थितिमा पार्टीभित्र आन्तरिक मेलमिलाप जरुरी रहेको बताए ।

राष्ट्रियसभा सदस्य एवम् कांग्रेस बाँकेका पूर्व सभापति युवराज शर्माले विपी विचार र दर्शन नेपाली राजनीतिका लागि सधैं अनुकरणीय रहने बताए । राष्ट्रियता जोगाउन कोइरालाले ४६ बर्षअघि गरेको उक्त निर्णय साहसीपूर्ण रहेको उनले उल्लेख गरे ।

विचार गोष्ठीमा पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, संविधानसभा सदस्य एवम् लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला), नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य टेकनारायण भुषाल लगायतले मेलमिलाप नीतिको सान्दर्भिकताबारे धारणा राखेका थिए ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् कांग्रेसका संस्थापक नेता वीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा हरेक बर्ष पुष १६ गते मेलमिलाप दिवस मनाइन्छ ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ६ : ४७ बजे

बाढी पीडितलाई पत्रकार महासंघ बाँके शाखाबाट ५१ हजार सहयोग

नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ९३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २०ः००

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

रुकुम पश्चिम । रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित

मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई

बागलुङ । बागलुङ कालिका भगवती मन्दिरले रु पाँच लाख ५५

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि