२५ कार्तिक २०८२, मंगलबार | November 11, 2025

कम्युनिष्टहरुसंग सहकार्य गर्न नहुने मेलमिलापको नीति सत्य साबित भएको बाँके कांग्रेसको ठहर



नेपालगन्ज । बाँके कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसमा यसको सान्दर्भिकताबारे नेपालगन्जमा चर्चा गरेको छ । ४७औं राष्ट्रिय मिलमिलाप दिवसका अवसरमा पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको विचार गोष्ठीमा बक्ताहरुले उतिबेलै विपीले मेलमिलापको नीतिमा कम्युनिष्टहरुसंग सहकार्य गर्न नहुने नीति अख्तियार गरेको र अहिले आएर त्यो प्रमाणित भएको बताए ।

उनीहरुले कम्युनिष्टहरुको अस्थिर र छेपारे प्रबृत्तिका कारण मेलमिलापमा कोइरालाले सहकार्य नगरेको ठोकुवा पनि गरे । वक्ताहरुले नेपाली राजनीतिका मूर्धन्य व्यक्तित्व विपी कोइरालाले अंगिकार गरेको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको पनि बताए ।

कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले अहिलेको परिस्थितिमा पार्टीभित्र आन्तरिक मेलमिलाप जरुरी रहेको बताए ।

राष्ट्रियसभा सदस्य एवम् कांग्रेस बाँकेका पूर्व सभापति युवराज शर्माले विपी विचार र दर्शन नेपाली राजनीतिका लागि सधैं अनुकरणीय रहने बताए । राष्ट्रियता जोगाउन कोइरालाले ४६ बर्षअघि गरेको उक्त निर्णय साहसीपूर्ण रहेको उनले उल्लेख गरे ।

विचार गोष्ठीमा पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, संविधानसभा सदस्य एवम् लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला), नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य टेकनारायण भुषाल लगायतले मेलमिलाप नीतिको सान्दर्भिकताबारे धारणा राखेका थिए ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् कांग्रेसका संस्थापक नेता वीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा हरेक बर्ष पुष १६ गते मेलमिलाप दिवस मनाइन्छ ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ६ : ४७ बजे

कुलमान घिसिङको नाम जोडिएको ‘उज्यालो नेपाल पार्टी’ ले बुझायो अद्यावधिक विवरण

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको भनिएको ‘उज्यालो नेपाल

अर्घाखाँची सिमेन्टलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची

गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची । सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ। आइएमई लिमिटेडले २०८२ कात्तिक २५ गते मंगलबार, काठमाण्डौंमा २५