१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

लुम्बिनीमा लिला गिरीलाई मुख्यमन्त्री बनाउने तयारी



बुटवल । लुम्बिनी प्रदेशसभाको नेतृत्व नेकपा एमालेका पोलिटब्यूरो सदस्य लिला गिरीले गर्ने सम्भावना बढेको छ । एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज रहेका गिरीलाई बनाउने तयारी गरेपछि उनको मुख्यमन्त्री बन्ने सम्भावना बलियो भएको हो ।

आइतबार मात्रै एमाले महासचिव शंकर पोखरेलले दाङ पुगेर लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने बताएका थिए । यद्देपी संसदीयदलको नेतामा अर्घाखाँचीका चेतनारायण आचार्य पनि छन् ।

आइतबार बिजौरीस्थित महासचिव शंकर पोखरेल निवासमा भएको नेताहरुले छलफल गरी एमाले पोलिटब्यूरो सदस्य गिरीलाई संसदीय दलको नेता बनाउने सहमति जुटाएको एमालेका एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

महासचिव पोखरेलले यसबारेमा एमालेका लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, आकांक्षीहरू लिला गिरी, चेतनारायण आचार्य, भूमिश्वर ढकाललगायतलाई यो विषयमा जानकारी गराएका छन् ।

पार्टीको निर्णय मानेर जाने सबै आकांक्षीले बताइसकेका छन् । एमालेले आइतबारै संसदीय दलको नेता चयन गर्दै छ । गिरी यसअघि शंकर पोखरेल मुख्यमन्त्री हुँदा मन्त्री रहेका थिए । उनी रुपन्देही २ को १ बाट निर्वाचित भएका हुन् ।

एमाले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरी मुख्यमन्त्री बन्नेछन् । प्रदेशमा ठूलो दल भएकाले एमालेले नेतृत्व पाउनुपर्ने एमाले महासचिव पोखरेलको भनाइ छ । लुमिबनीमा प्रदेश सरकारको नृतृत्व एमालेले गर्ने की माओवादीले गर्ने भन्ने विषयमा भने निर्णय भइसकेको छैन ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ३ : ४९ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत