२५ चैत्र २०८२, बुधबार | April 8, 2026

लुम्बिनी प्रदेश एमाले संसदीयदलको नेतामा लिला गिरी सर्वसम्मत चयन



बुटवल । एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा पार्टीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज लिला गिरीलाई सर्वसम्मत चयन गरेको छ । आज अपरान्ह बसेको संसदीय दलको बैठकले गिरीलाई संसदीय दलको नेता चयन गरेको हो ।

आइतबार बिहानै बिजौरीस्थित महासचिव शंकर पोखरेल निवासमा भएको नेताहरुले छलफलमा एमाले पोलिटब्यूरो सदस्य गिरीलाई संसदीय दलको नेता बनाउने सहमति भएको थियो ।

सत्ता भागवण्डामा लुम्बिनी प्रदेशले प्रदेश सरकारको नृतृत्व गर्ने जिम्मा पाएमा संसदीय दलको नेता गिरी मुख्यमनत्री बन्ने निश्चित बनेको छ । आइतबारै एमाले महासचिव शंकर पोखरेलले दाङ पुगेर लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने बताइसकेका छन् ।

गिरी यसअघि शंकर पोखरेल मुख्यमन्त्री हुँदा पर्यटन मन्त्री थिए । पोखरेल मन्त्रिपरिषदमा गिरीले स्वच्छछबीका मन्त्रीको पहिचान दिएका थिए । उनी रुपन्देही २ को १ बाट निर्वाचित भएका हुन् ।

माओवादी केन्द्रले बागमती प्रदेश र सुदुरपश्चिमको नेतृत्व गर्ने सहमति कायम रहे मात्र गिरीको मुख्यमन्त्री पक्का हुने छ ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ६ : २९ बजे

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान

देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री

‘राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ’

तनहुँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली

लायन्स क्लब अफ बुटवलको अध्यक्षमा दिनेश कुमार प्रधान

बुटवल । लायन्स क्लब अफ बुटवलको सम्पन्न अधिवेशनबाट आगामी कार्यकाल