२१ मंसिर २०८२, आइतबार | December 7, 2025

लुम्बिनी प्रदेश एमाले संसदीयदलको नेतामा लिला गिरी सर्वसम्मत चयन



बुटवल । एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा पार्टीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज लिला गिरीलाई सर्वसम्मत चयन गरेको छ । आज अपरान्ह बसेको संसदीय दलको बैठकले गिरीलाई संसदीय दलको नेता चयन गरेको हो ।

आइतबार बिहानै बिजौरीस्थित महासचिव शंकर पोखरेल निवासमा भएको नेताहरुले छलफलमा एमाले पोलिटब्यूरो सदस्य गिरीलाई संसदीय दलको नेता बनाउने सहमति भएको थियो ।

सत्ता भागवण्डामा लुम्बिनी प्रदेशले प्रदेश सरकारको नृतृत्व गर्ने जिम्मा पाएमा संसदीय दलको नेता गिरी मुख्यमनत्री बन्ने निश्चित बनेको छ । आइतबारै एमाले महासचिव शंकर पोखरेलले दाङ पुगेर लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने बताइसकेका छन् ।

गिरी यसअघि शंकर पोखरेल मुख्यमन्त्री हुँदा पर्यटन मन्त्री थिए । पोखरेल मन्त्रिपरिषदमा गिरीले स्वच्छछबीका मन्त्रीको पहिचान दिएका थिए । उनी रुपन्देही २ को १ बाट निर्वाचित भएका हुन् ।

माओवादी केन्द्रले बागमती प्रदेश र सुदुरपश्चिमको नेतृत्व गर्ने सहमति कायम रहे मात्र गिरीको मुख्यमन्त्री पक्का हुने छ ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ६ : २९ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न