२३ माघ २०८२, शुक्रबार | February 6, 2026

बुटवलमा खाना महोत्सवको बहानामा सडकमै जुवा, प्रशासन मौन 



बुटवल ।  खाना महोत्सवको बहानामा बुटवलको कालिकापथमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले खुलेयाम जुवा सञ्चालन गरेको छ । सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔ भन्ने नारासहित बुटवलमा शुक्रबारदेखि आयोजित चौथो सडक महोत्सवमा कानूनी रुपमा बर्जित ‘हाउजी बिङ्गो तम्बोला’ खेलाइएको हो ।

नव शान्ति युवा क्लब बुटवल-९ सँग मिलेर संघले आइतबार राती तम्बोला सञ्चालन गरेको हो । ४४ हजार ४४४ राशी पुरस्कारको प्रलोभनसहित १५० रुपैयामा सडकमै खुलेयाम टिकट बिक्री गरिएको थियो । सट्टेबाजीका लागि टिकट बिक्री गरिरहेका एक प्रतिनीधिले एक हजार बढी टिकट बिक्रि गरिएको बताएका थिए । खुलेयाम सडकमै सट्टेबाजीको टिकट बिक्री भैरहँदा प्रहरी प्रशासन तथा नियामक निकायहरु समेत मौन थिए ।

आइतबार दिउँसो मात्रै बुटवल उद्योग वाणिज्य संघ र होटल तथा रेष्टुरेन्ट वयवसायी संघ रुपन्देहीको आयोजनामा बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डे, उप प्रमुख सावित्रादेबि अर्याल, ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दान बहादुर थापा तथा राजनीतिक दलका प्रतिनिधि तथा संघ-स्थाका प्रतिनिधिहरुका बीच मर्यादित रुपमा सञ्चालन गर्नेगरी कालिकापथलाई रात्रीकालिन बजारको रुपमा सञ्चालन गर्ने सहमती भएको थियो । उक्त प्रतिवद्धतामा संघका अध्यक्ष रामप्रसाद गौतमले समेत सहमती जनाएका थिए । यसरी मर्यादित रुपमा व्यवसायी गर्छौ भनेर प्रतिवद्धता गरेकाहरुले नै नियम विपरित सडकमै जुवा खेलाउने तथा  सतट्टेबाजी गराउँदा व्यवसायी संघ र आयोजक क्लबमाथि नै नैतिकताको प्रश्न उठेको छ ।

रात्रीकालिन बजार बनाउनका लागि विगतदेखि चर्चा हुँदै आएको बुटवलको कालिका पथमा

होटल व्यवसायी संघ रुपन्देहीले यही पुस १५, १६ र १७ गते कालिका पथमा फुड फेस्टिभल आयोजना गरेको थियो । पर्यटनको सम्भावनालाई पहिचान गरी लुम्बिनी प्रदेशमा धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई समेत ल्याउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा सत्तेबाजी गर्नाले संघ जसरी पनि रकम कुम्ल्याउने दाउमा रहेको प्रष्ट भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाले महोत्सवमा तम्बोला खेलाउने बारे कुनै अनुमति माग वा जानकारी प्रप्त नभएको उल्लेख गरे । यस सम्बन्धि अनुमतिका लागि जिल्ला प्रशासन कार्यलयमा अनुमति माग्नु पर्ने भएकाले त्यहाँबाट समेत आफूलाई कुनै जानकारी नआएको प्रष्ट पारे । आइतबारको तम्बोला प्रतियोगितामा प्रमुख पात्रका रुपमा यस क्षेत्रका चर्चित उदघोषक गोपाल अधिकारीले उद्घोघोषण गरेका थिए ।

नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८१ को उपधारा १ मै बनेको ऐनले सत्तेबाजीलाई जुवाको रुपमा व्याख्या गरेको छ । ‘जुवा’ भन्नाले कुनै संयोगको आधारमा कुनै किसिमको चल अचल सम्पति वा प्रतिफल पाउने वा गुमाउने वा हार्ने वा जित्ने गरी बाजी वा खेलिने खेल वा प्रक्रिया सम्झनु पर्ने व्याख्या छ । यसैगरी ‘सट्टाबाजी’ भन्नाले कानून बमोजिम खेल्न खेलाउन हुने कुनै खेल वा प्रक्रियामा खास पक्षले हारेमा वा जितेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी थापेको बाजी सम्झनु पर्ने कानूनी व्याख्या छ । उपमहानगरपालिका वडा नं. ९ र ११ मा पर्ने कालिका पथ सडक बसपार्क देखि होराईजन चोकसम्म भोली सोमबारदेखि रात्रीकालिन बजार सञ्चालनको लागि बुटवल उपमहानगरपालिकाले अनुमति दिएको हो ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ९ : ३४ बजे

झुटा सूचनाले समाजलाई विकृत बनाउँछ – एमाले उपाध्यक्ष पौडेल

रुपन्देही । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाको

मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक

रौतहट घटनाबारे बोल्यो रास्वपा : छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । चुनावी प्रचारका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट रौतहटमा

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा