७ जेष्ठ २०८१, सोमबार | May 21, 2024

बुटवलमा सडक खाना महोत्सव २ लाख दर्शक भित्राएर २ करोड कारोबार गर्न सफल



बुटवल । बुटवलमा भएको चौथो सडक खाना महोत्सव २ लाख दर्शकले अवलोकन गदै २ करोड मुल्य बराबरको कारोवारका साथ सम्पन्न भएको आयोजकले बताएका छन ।

राष्ट्रको आर्थिक विकासको प्रमुख मेरुदण्ड मानिने पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा शुक्रवार देखि बुटवलमा चौथो ‘बुटवल सडक खाना महोत्सव’ २०७९ आयोजना गरिएको थियो ।

अतिथि देवो भव, “नेपाली मौलिक कला संस्कृति तथा खानपानका पतिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्र्धन र रोजगारीको सृजना हाम्रो अभियान भन्ने नाराका साथ आयोजना गरिएको सडक खाना महोत्सवले सहभागि स्टलधनीहरुलाई भने राम्रै व्यवसाय गर्ने अवसर प्रदान गरेको संघका महासचिव माधव कुमार खनालले बताए ।

सडक खाना महोत्सवले बुटवलको कालिका पथ दुलही झै सजिएकोले निकै मनमोह बनेको थियो । महोत्सवले यस क्षेत्रको पर्यटन विकास, कला संस्कृति र मौलिक खानपान परिकारको प्रचारप्रसारका साथै बजारीकरण लगायतमा टेवा पुगेको संघका अध्यक्ष राम प्रसाद गौगमले बताए ।

बुटवल उपमहानगरपालिका वडा न-९ कालिका पथको तिनकुनेदेखि उत्तरतर्फ नयाँ बसपार्क सम्मको सडकमा खाना महोत्सव गरिएको थियो ।

महोत्सवमा यस क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेण्टहरुबाट उत्पादित विभिन्न परिकाहरुका साथै जिल्लाभित्र र बाहिर विभिन्न जातजातिका खानाका परिकारको प्रदर्शनी तथा बिक्रीवितरण एवं राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुतिले खाना महोत्सव निकै रमणनिय बनेको थियो ।

तिन दिने यस पटकको खाना महोत्सवले बुटवलको कालिका पथलाई उज्यालो शहरको रुपमा विकास गर्दै रात्रीकालिन व्यवसाय सञ्चालन गर्न कोसेढुङ्गा सावित भएको दावि आयोजकले गरेका छन ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ६ : ५८ बजे

राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दु:ख व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर

फेरि बोले बालेन – महानगरका कर्मचारीको अनाहकमा अपमान सहदैनौं, बुझेर कदम चाल्नुहोला

काठमाडौं । पक्राउ गरिएका काठमाडौं महानगरको फोहोरको गाडी चलाउने चार

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक

बालेनको आक्रोश- फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिहदरबारलगायत

इरानमा पाँच दिनको राष्ट्रिय शोक

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि