४ पुस २०८२, शुक्रबार | December 20, 2025

बाँकेको बाल सुधारगृहबाट फरार भएका चार जना प्युठानबाट पक्राउ



नेपालगन्ज । बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहबाट फरार भएका चार जना प्युठानबाट पक्राउ परेका छन् । पुस १४ गते बाल सुधार गृहबाट भागेका सुर्खेतका धर्म थापा, कैलालीका कृष्ण नगरकोटी र बुटवलका पुरन चौधरी र अविनाश पुन प्यूठानबाट पक्राउ परेका हुन् ।

बाल सुधार गृहबाट १४ गते फरार भएका चारै जनालाई प्यूठानबाट पक्राउ गरिएको बाँके प्रहरी प्रमुख एसपी सन्तोष राठौरले बताए । एसपी राठौरले पक्राउ परेका ४ जनालाई बाँकेमा ल्याउदै गरेको जानकारी दिए ।

बाल सुधार गृहमा २ सय ३२ जना बिभिन्न कुसरमा अदालतमा विचाराधिन र फैसला भइसकेकाहरु रहेका छन् । त्यसमध्येमा चार जना फरार भएका थिए ।

फरारमध्येमा तीन जना जबरजस्ती करणी र एक जना कर्तब्य ज्यान मुद्दाका अभियुक्त हुन् । अपराध गरेका बालकलाई उक्त बाल सुधार गृहमा राख्ने गरिएको छ ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ११ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको