२० असार २०८३, शनिबार | July 4, 2026

बाँकेको बाल सुधारगृहबाट फरार भएका चार जना प्युठानबाट पक्राउ



नेपालगन्ज । बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहबाट फरार भएका चार जना प्युठानबाट पक्राउ परेका छन् । पुस १४ गते बाल सुधार गृहबाट भागेका सुर्खेतका धर्म थापा, कैलालीका कृष्ण नगरकोटी र बुटवलका पुरन चौधरी र अविनाश पुन प्यूठानबाट पक्राउ परेका हुन् ।

बाल सुधार गृहबाट १४ गते फरार भएका चारै जनालाई प्यूठानबाट पक्राउ गरिएको बाँके प्रहरी प्रमुख एसपी सन्तोष राठौरले बताए । एसपी राठौरले पक्राउ परेका ४ जनालाई बाँकेमा ल्याउदै गरेको जानकारी दिए ।

बाल सुधार गृहमा २ सय ३२ जना बिभिन्न कुसरमा अदालतमा विचाराधिन र फैसला भइसकेकाहरु रहेका छन् । त्यसमध्येमा चार जना फरार भएका थिए ।

फरारमध्येमा तीन जना जबरजस्ती करणी र एक जना कर्तब्य ज्यान मुद्दाका अभियुक्त हुन् । अपराध गरेका बालकलाई उक्त बाल सुधार गृहमा राख्ने गरिएको छ ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ११ : १८ बजे

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७

मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन