१४ माघ २०८२, बुधबार | January 28, 2026

सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि केन्द्रीय भागबन्डा पर्खर्दै दलहरू



धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्यको शपथ भइसकेको छ । प्रदेश प्रमुख देवराज जोशीले आज (सोमबार)का लागि प्रदेश सभाको बैठक आह्वानसमेत गरिसकेका छन् ।

तर सुदूरपश्चिममा कसको नेतृत्वका सरकार बन्ने भन्ने टुंगो अझै लाग्न सकेको छैन । केन्द्रमा रहेको सत्ता साझेदार दलहरूबीच प्रदेश नेतृत्वको भागबन्डा नमिलेका कारण सुदूरपश्चिममा अझै कसले नेतृत्व गर्ने भन्ने टुंगो नलागेको प्रदेश सभा सदस्य तथा एमालेका प्रदेश सचिव धर्मराज पाठकले बताए । ‘केन्द्रमा सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूले कुन प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने टुंगो लाग्न सकेको छैन,’ उनले भने, ‘केन्द्रमा सहमति हुन अझै एक सातासम्म लाग्न सक्दछ ।’

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वाका लागि माओवादी केन्द्र, एमाले र नागरिक उन्मुक्ति पार्टीले दाबी गरिरहेको उनले बताए । ‘केन्द्रमा तीनवटै पार्टीको नेतृत्वमा दावी रहेको छ’ प्रदेश सभा सदस्य पाठकले भने, ‘त्यसका लागि छलफल भइरहेको छ, केन्द्रले नेतृत्व टुंग्याएपछि मुख्यमन्त्रीको टुंगो लाग्नेछ ।’

हाल संघीय सरकारलाई समर्थन गरेका माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका सुदूरपश्चिम प्रदेश सभामा सदस्य रहेका छन् । माओवादी केन्द्रसँग ११, एमालेसँग १०, नागरिक उन्मुक्ति पार्टीसँग सात र राप्रपासँग एकजना प्रदेश सभा सदस्य रहेका छन् ।

केन्द्रीय सत्ता समीकरणअनुसार सुदूरपश्चिम प्रदेशमा सरकार निर्माण गर्न नागरिक उन्मुक्ति पार्टी निर्णायक मानिएको छ । संघीय सरकारलाई सरकार बाहिरबाट समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री आफूले पाउनुपर्ने दाबी गरेको छ । “टीकापुर घटनामा संलग्न रहेको आरोपमा जेल चलान गरिएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशक चौधरीलगायत नेता कार्यकर्ताको रिहाइ र संगै प्रदेश सरकारमा हाम्रो नेतृत्व हुनुपर्ने हाम्रो अडान रहेको छ,” नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रामेश्वर चौधरीले भने, “ती माग पूरा नभई नागरिक उन्मुक्ति प्रदेश सरकार निर्माण प्रक्रियामा सहभागीसमेत हुने छैन ।”

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  १ : २४ बजे

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

सियोल । दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम

कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनमा पार्टीलाई विजय

अत्यावश्यक नपरी यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको अनुरोध

रुकुम पूर्व । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले नागरिकलाई अत्यावश्यक नपरी

विप्लवलाई प्रचण्डको आग्रह – यताउता भौतारिएर काम छैन आफ्नै घर फर्किनुहोस

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न