१४ माघ २०८२, बुधबार | January 28, 2026

लगाएको गहना लुट्न अर्घाखाँचीकी राधा थापाको बाटो ढुकेर हत्या



बुटवल । आइतबार अर्घाखाँचीमा भेटिएको महिलाको शवको हत्या भएको खुलासा भएको छ । ६० वर्षिया महिलालाई एकजना भारतीय नागरिकले हत्या गरेर जङ्लमा फालेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान ९ बजे अर्घाखाँचीको सितगङ्गा १० स्थित सिद्धागबोहखर जङ्गलमा स्थानीय ६० वर्षिया राधा थापाको शव रगताम्य अवस्थामा फेला परेको थियो । सुनको गहना लुट्ने उद्देश्यले भारतीय नागरिक सुशान्त सिंहले थापाको हत्या गरेको अर्घाखाँची प्रहरीले जानकारी दिएको छ । हरेक दिन बिहानको समयमा दुध लिन जाने गरेकी थापाले लगाएको गहनामा आँखा लगाएका सिंहले आइतबार बिहान थापालाई हंसिया र ढुंगाले प्रहार गरि हत्या गरेको अर्घाखाँची प्रहरीका सूचना अधिकारी कृष्णप्रसाद घिमिरेले बताए ।

गहना लुटेर भाग्ने क्रममा गुँडगाँउ हरियाणा घर भई अर्घाखाँचीकी स्थानीय शिवकला परियारसँग बिबाह गरि चन्द्रौटामा बस्दै आएका सिंहलाई प्रहरीले पक्राउ गरेको छ । सिंहलाई सितगङ्गा ११ स्थित मुन्द्रिबास जङ्गलबाट पक्राउ गरिएको प्रहरी निरक्षिक घिमिरेले बताए । शंकास्पदरुपमा जङ्गलमा फेला परेका सिंहले लगाएको कपडामा रगतको दाग देखिएपछि उनलाई पक्राउ गरिउको उनले बताए । ससुराली आउँदा मृतक थापाले लगाउको सुनको गहना लुट्ने उद्देश्यले आफुले हत्या गरेको प्रहरी समक्ष सिंहले सकार गरेको पनि घिमिरेले बताए ।

श्रीमती शिवकलालाई चन्द्रौटाको कोठामा छाडी गहना लुट्ने उद्देश्यले एक्लै अर्घाखाँची पुगेका सिंहले बाटोमा ढुकेर बसेको र सधैंकको समयमा दुध लिन निस्केकी थापालाई पछाडिबाट ढुँगा र हंसियाले प्रहार गरि हत्या गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सिंहलाई ७ दिनको म्याद थप गरि अनुसन्धान थालिएको पनि प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ७ : २१ बजे

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

सियोल । दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम

कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनमा पार्टीलाई विजय

अत्यावश्यक नपरी यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको अनुरोध

रुकुम पूर्व । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले नागरिकलाई अत्यावश्यक नपरी

विप्लवलाई प्रचण्डको आग्रह – यताउता भौतारिएर काम छैन आफ्नै घर फर्किनुहोस

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न