२९ चैत्र २०८२, आइतबार | April 13, 2026

लगाएको गहना लुट्न अर्घाखाँचीकी राधा थापाको बाटो ढुकेर हत्या



बुटवल । आइतबार अर्घाखाँचीमा भेटिएको महिलाको शवको हत्या भएको खुलासा भएको छ । ६० वर्षिया महिलालाई एकजना भारतीय नागरिकले हत्या गरेर जङ्लमा फालेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान ९ बजे अर्घाखाँचीको सितगङ्गा १० स्थित सिद्धागबोहखर जङ्गलमा स्थानीय ६० वर्षिया राधा थापाको शव रगताम्य अवस्थामा फेला परेको थियो । सुनको गहना लुट्ने उद्देश्यले भारतीय नागरिक सुशान्त सिंहले थापाको हत्या गरेको अर्घाखाँची प्रहरीले जानकारी दिएको छ । हरेक दिन बिहानको समयमा दुध लिन जाने गरेकी थापाले लगाएको गहनामा आँखा लगाएका सिंहले आइतबार बिहान थापालाई हंसिया र ढुंगाले प्रहार गरि हत्या गरेको अर्घाखाँची प्रहरीका सूचना अधिकारी कृष्णप्रसाद घिमिरेले बताए ।

गहना लुटेर भाग्ने क्रममा गुँडगाँउ हरियाणा घर भई अर्घाखाँचीकी स्थानीय शिवकला परियारसँग बिबाह गरि चन्द्रौटामा बस्दै आएका सिंहलाई प्रहरीले पक्राउ गरेको छ । सिंहलाई सितगङ्गा ११ स्थित मुन्द्रिबास जङ्गलबाट पक्राउ गरिएको प्रहरी निरक्षिक घिमिरेले बताए । शंकास्पदरुपमा जङ्गलमा फेला परेका सिंहले लगाएको कपडामा रगतको दाग देखिएपछि उनलाई पक्राउ गरिउको उनले बताए । ससुराली आउँदा मृतक थापाले लगाउको सुनको गहना लुट्ने उद्देश्यले आफुले हत्या गरेको प्रहरी समक्ष सिंहले सकार गरेको पनि घिमिरेले बताए ।

श्रीमती शिवकलालाई चन्द्रौटाको कोठामा छाडी गहना लुट्ने उद्देश्यले एक्लै अर्घाखाँची पुगेका सिंहले बाटोमा ढुकेर बसेको र सधैंकको समयमा दुध लिन निस्केकी थापालाई पछाडिबाट ढुँगा र हंसियाले प्रहार गरि हत्या गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सिंहलाई ७ दिनको म्याद थप गरि अनुसन्धान थालिएको पनि प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ७ : २१ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्