२१ मंसिर २०८२, आइतबार | December 7, 2025

भैरबनाथ मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्यु.आर. कोड सेवा



काठमाडौ । डिजिटल सेवा र भुक्तानीलाई बढावा तथा प्रवर्धन दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले पाल्पा स्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्यु.आर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त भैरबनाथ मन्दिर पाल्पा तानसेनको एक प्रसिद्ध धार्मिक पर्यटकीय स्थल हो । उक्त मन्दिरमा बर्सेनि थुप्रै भक्तजनहरु आउने गरेका छन् भने विशेष गरि मंगलबार र शनिबार दर्शनार्थीहरुको भिडभाड हुने गर्दछ ।

डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा बैंकले पाल्पाको पवित्र तीर्थ स्थल भैरबनाथ मन्दिरमा शनिबार भएको एक औपचारिक कार्यक्रममा क्यु आर कोड हस्तान्तरण गरेको थियो ।

उक्त क्यु.आर कोड रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की र बैंकका लुम्बिनी प्रदेश नं ५ क्लस्टर ए का प्रमुख नारायण के.सी मार्फत भैरबनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द प्रसाद पोखरेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवि, व्यापारी, सर्वसाधारण एवम् बैंकका कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

यो सेवा संचालनमा आएपछि मन्दिरमा आउने दशनार्थीहरुले क्यु.आर कोड बाटै भेटी चढाउन सक्नेछन । दशनार्थीहरुले क्यु.आर कोड सेवा निशुल्क प्रयोग गर्न सक्नेछन् ।

नगदको विकल्पका रुपमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यु आर कोडको प्रयोग आम मानिसमा बढ्दै गईरहेको छ ।
डिजिटल सेवालाई सुरक्षित र भरपर्दाे बनाउन OTP password लगायत अन्य बैंकिङ्ग विवरण कसै संग पनि सेयर नगर्न समेत बैंकले अपिल गरेको छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ३ : ०५ बजे

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न

साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा