२ चैत्र २०८२, सोमबार | March 16, 2026

नेपालगञ्ज विमानस्थलबाट हुने आजको सबै उडान रद्द



नेपालगन्ज । बाक्लो कुहिरोले भिजिबिलिटी नपुग्दा आज नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेको छैन । बिहानैदेखि लागेको हुस्सुका कारण यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरू र काठमाडौँका लागि हुँदै आएका सबै उडान रद्द गरिएको नेपालगञ्ज विमानस्थलका प्रमुख सुरेश खनालले जानकारी दिए ।

जहाज अवतरण र उडानका लागि भिजिबिलिटी नपुग्दा यहाँबाट पहाडी जिल्लालगायत काठमाडौँका लागि कुनै हवाई उडान नभएको विमानस्थलले जनाएको छ । “अहिलेसम्म कुनै उडान भएको छैन र हुने सम्भावना पनि देखिँदैन”, प्रमुख खनालले भने ।

कर्णाली प्रदेशको जुम्ला, हुम्ला, डोल्पा र मुगु तथा सुदूरपश्चिमको बाजुरा, बझाङका लागि बिहान मात्रै उडान हुने हुँदा भिजिबिलिटी नपुग्दा सबै उडान रद्द गरिएको विमानस्थल प्रमुख खनालले बताए । आज बिहानैदेखि छ सय मिटर मात्र भिजिबिलिटी रहेकाले पहाडी जिल्लाका सबै उडान रद्द गर्नुका साथै काठमाडौँका लागि सबै उडान रद्द गरिएको उनले बताए ।

नेपालगञ्ज विमानस्थलबाट दैनिक कर्णाली सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली जिल्लामा २० र काठमाडौँका लागि १५ वटासम्म उडान हुने गरेको छ । यहाँबाट काठमाडौँ, डोल्पा, बाजुरा, सिमिकोट, जुम्ला, मुगु, रुकुम, बझाङमा दैनिक उडान हुने गर्दछ ।

केही दिनयता सुरु भएको शीतलहर र चिसोका कारण बाँके र बर्दियाको जनजीवन अस्तव्यस्त छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ६ : ४४ बजे

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र

सीके राउतद्वारा संसदीय राजनीतिबाट सन्यास घोषणा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास