१७ बैशाख २०८१, सोमबार | April 29, 2024

रोल्पाबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित स्वतन्त्र सांसद दिपेन्द्र पुन माओवादीमै फर्किए



काठमाडौं । रोल्पा क्षेत्र नम्बर १ (२) बाट माओवादीबाट बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएर लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका दीपेन्द्र कुमार पुनमगर (सिजल) नेकपा माओवादी केन्द्रमा फर्किएका छन् ।

गत मंसिर ४ को निर्वाचनमा तत्कालीन सत्ता गबठन्धनको आधिकारिक उम्मेदवार नेपाली कांग्रेसका अमरसिंह पुनविरुद्ध माओवादीबाट बिद्रोह गरेर उम्मेदवारी दिएका दीपेन्द्रपुनः माओवादीमा फर्केका हुन् । स्वतन्त्र उठेपनि दीपेन्द्रले माओवादी समर्थकहरुकै्र मतबाट साढे ५ हजार भन्दा बढी मत अन्तरले विजयी बनेका थिए । दीपेन्द्रले १४ हजार ९२७ मत पाउँदा अमरसिंहले १० हजार ४०६ मत पाएका थिए ।

प्रदेशसभा सदस्य दीपेन्द्रले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आत्मालोचना पत्र लेख्दै पार्टीमै फर्केका हुन् । उनलाई प्रचण्डले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा स्वागत गरेका छन् ।

निर्वाचन अघि दीपेन्द्र माओवादी केन्द्रको पोलिटव्युरो सदस्य एवम् रोल्पा जिल्ला इञ्चार्जको जिम्मेवारीमा थिए । उनले स्वतन्त्र उम्मेदवारी दिएपछि माओवादीले पार्टीका सबै जिम्मेवारीबाट कारवाही गरेर निस्कासन गरेको थियो ।

 

 

 

 

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ११ : ३४ बजे

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य