८ माघ २०८२, बिहिबार | January 22, 2026

नेपालगन्जमा फैलियो दादुरा महामारी, १ बालकको दादुराबाट मृत्यु



नेपालगन्ज । नेपालगन्जमा फैलिएको दादुराको माहामारिबाट एक बालकको ज्यान गएको छ । नेपालगन्ज–५ का २ वर्ष ५ महिनाको एक बालकको दादुरा माहामारिका कारण मृत्यु भएको हो । बालकलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको नेपालगन्ज उपमहानगरको स्वास्थ्यशाखाले पुष्टि गरेको छ ।

मृतक बिरामी बालकमा दादुराको चिन्ह लक्षण देखिएको नेपालगञ्ज उपमहानगपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए । उनले बिरामी बालकलाई ज्वोरो आउने लगायत दादुराको लक्षण देखिएको अवस्थामा उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको बताए । ‘हामीले मृत्यु भएको बालकले खोप लगाए नलगाएको समेत खोजिनीति गर्दै छौ ।’ उनले भने ।

सन २०२३ मा दादुरा उन्मुलनको घोषणा गर्ने तयारी रहेकै बेलामा नेपालगञ्जमा एकाएक दादुरा संक्रमण देखिएको हो । नेपालगञ्ज उपमहानगरका विभिन्न वडाहरुमा दादुराको संक्रमण देखिएको छ ।

नेपालगञ्जका आधा दर्जन वडामा दादुराको बिरामी देखा परेका छन् । ५, ७, ८, १०, १५, २२ नम्बरमा दादुराका बिरामी देखा परेका छन् । यी वडाहरुमा कम्तीमा २५ जनालाई दादुरा पुष्टि भइसकेको छ ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख चन्दले विशेषज्ञहरुको टीम टोलटोलमा पुगेर जनचेतना फैलाउने, बिरामीलाई अस्पताल लैजाने आग्रह गर्ने, दादुरा तुरुन्तै सर्ने भएकाले छुट्टै ठाउँमा राख्न आग्रह गर्ने, अभिलेख लिने र छिट्टै खोपको अभियान चलाउने तयारी गरेको बताए ।

नेपालगञ्जमा दादुराबाट दुईदर्जन बढी संक्रमित भएको र यो भन्दा बढी पनि हुनसक्ने आँकलन गरिएको छ । शुरुमा एकाघरमा ४ जनामा दादुरा देखिएपछि दादुरा संक्रमितको खोजी गरिएको थियो ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  १० : ०१ बजे

नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको चुनौती

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज (फोटो फिचरसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी । लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट