१ भदौ २०८३, सोमबार | August 17, 2026

अम्कोटका बालबालिकामा दादुराको लक्षण



बाजुरा । जिल्लाको बूढीगङ्गा नगरपालिका-१ अम्कोटमा बालबालिकामा दादुरा तथा रुवेला रोग लक्षण देखिएको छ । बुधबार वडामा रहेको धुरालसैन आधारभूत स्वास्थ्य केन्द्रमा उक्त लक्षण भएका सात बालबालिका उपचारमा आएको स्वाथ्य केन्द्रमा कार्यरत अनमी विन्दु विष्टले बताए । ती बालबालिका अम्कोट गाउँका एउटै टोलका हुन् ।

जाँच गर्दा सबैमा एकैखाले लक्षण देखिएको विष्ट बताउँछन । उनीहरुलाई ज्वरो आएको, शरीरभरि बिमिरा रहेको, खोकी लाग्ने, नाकमा सिँगान बग्नेजस्ता लक्षण देखा परेको छ । अम्कोट गाउँमा रहेका अन्य बाललिकामा पनि यस्तो रोग देखा परेकोे स्थानीयले बताएका छन् । एक सातादेखि बालबालिकालाई ज्वरो आउने, हातखुट्टा दुख्ने र नाकबाट पातलो सिँगान बग्ने समस्या देखा परेको हो । बालबालिकामा दादुरा रोगको जस्तो लक्षण देखा परेकोले नगरपालिका स्वास्थ्य शाखालाई जानकारी गराइसकेको स्वास्थ्य केन्द्रले जनाएको छ ।

बूढीगङ्गा नगरपालिका स्वास्थ्य शाखा संयोजक दीपक शाहका अनुसार बालबालिकामा दादुरा तथा रुबेला रोगको सङ्केत देखिएको खबर आएको छ भने । दादुरा तथा रुबेलाको नमूना लिनका लागि संयोजकसहित प्रयोगशालाका कर्मचारी लिएर अम्कोटमा जान लागेको उनले बताए । बिहीबार स्वास्थ्यकर्मीको टोली पठाएर जाँचका लागि धनगढी प्रयोगशालमा नमूना पठाउने शाहको भनाइ छ ।

उनका अनुसार अहिले नै दादुरा तथा रुबेला भन्न नसकिने भएकाले जाँचका लागि नमूनाको रिपोर्ट धनगढी प्रयोगशालाबाट आएपछि मात्र कुन रोग हो भन्ने थाहा हुने शाह बताउँछन । उक्त रोग थप सर्न नदिनका लागि समुदायस्तरमा जनचेतना फैलाउने काम भएको संयोजक शाहले बताए ।

दादुरा स्वासप्रस्वासको माध्यमबाट सर्ने र सजिलै फैलिने खालको रोग हो । दादुरा भएका व्यक्तिले दादुराका लक्षण ९ज्वरो, डाबर० देखिनु दुई दिन अघि र पाँच दिनपछि पनि अरुलाई रोग सार्न सक्छन् ।

दादुराको खोप नलगाएका व्यक्ति, रोग प्रतिरोधात्मक शक्ति काम भएका ९अबुर्द, एड्सका बिरामी र लामो समय स्टेरोइड सेवन गरेका बिरामी०, नौ महिनाभन्दा कमका शिशु जसमा आमाको गर्भबाट प्राप्त रोग प्रतिरोधात्मक शक्ति कम छ तथा गर्भवती दादुरा रोगको बढी जोखिममा हुन्छन् ।

नेपाल सरकारबाट निःशुल्क प्रदान हुने दादुराको खोप नौ महिना र १५ महिना उमेरका बालबालिकालाई दुई डोज लगाए यसबाट हुनसक्ने जोखिम निर्मुल पार्न सकिन्छ । यसको खोपले जीवनभरि रोग प्रतिरोधात्मक शक्ति दिने स्वास्थ्यकर्मीको भनाइ रहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ११ : ०० बजे

भारतीय स्थल सेनाध्यक्ष सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइँदै

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई आज नेपाली

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

धादिङमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ । धादिङको गजुरी गाउँपालिका-२ चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग

बडीमालिका पूजा आजदेखि प्रारम्भ

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आजदेखि

आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट