१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

दादुरा रोग परिचयः– नियन्त्रण र रोकथाम



परिचयः
दादुरा एक संक्रामक रोग हो जुन ख्ष्चगक को कारणले गर्दा हुन्छ । यो Virus para-myxo group अन्तर्गत पर्दछ । यो रोग कुनै पनि उमेरको मानिसलाई हुन सक्ने भए पनि ५ वर्ष मुनिका बालबालिकामा विशेष देखिन्छ, र निकै संक्रामक हुनाले छिट्टै महामारीको रुप लिन सक्छ ।

दादुरा रोगको सर्ने तरिकाः
दादुरा सामान्यतया प्रत्यक्ष सम्पर्क र हावामार्फत (air borne) सर्दछ । भाइरसले श्वासप्रश्वास नलीमा संक्रमण गर्छ त्यसपछि शरीरभरी फैलिन्छ । यो भाइरस मानिसमा मात्र सर्छ हाल सम्म अन्य जिबमा देखिएको छैन ।

दादुरा रोगको चिन्ह लक्षणहरुः
दादुराको पहिलो लक्षण उच्च ज्वरो हो जुन भाइरसको सम्पर्कमा आएको १०–१२ दिनपछि सुरु हुन्छ र ४–७ दिनसम्म रहन्छ ।

ज्वरोसँगै रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने र आँखा रातो हुने गर्छ । यस रोगमा देखा पर्ने मुख्य चिन्ह लक्षणका आधारमा 3CDisease (3C: Cough, Coryza, Conjunctivitis) पनि भनिन्छ ।

रोगीसँग सम्पर्कमा आएको १४ दिनपछि (Range ४–२१ दिन) शरीरमा बिमिराहरु (Maculo-papular rash) देखिन्छ । पहिलो चरणमा गालाभित्र सेतो दाग (Koplik’s Spot) देखिन्छ । त्यसपछि कानको पछाडी हुँदै अनुहार, घाँटी गर्दै हात, खुट्टा र शरीरभरी फैलिन्छ ।

दादुरा रोगका जटिलताहरुः
गम्भिर जठिलताहरु ५ वर्ष भन्दा कम उमेरका बालबालिका वा ३० वर्ष माथिका व्यक्तिहरुमा देखिन्छ । अन्धोपन, encephalitis, पखाला, कानको संक्रमण गम्भिर श्वासप्रश्वासको संक्रमण दादुराका गम्भिर जटिलताहरुमा पर्दछन् ।

लेखिका

दादुरा रोगको उपचार, नियन्त्रण तथा रोकथामका उपायहरुः
दादुरा भाईरसको कारणबाट हुने रोग भएकोले यसको बिशेष उपचार छैन । यो अवस्थामा विरामीमा देखा परेको चिन्ह लक्षणका आधारमा उपचार गरिन्छ, ज्वरोका लागि सिटामोल, पोषिलो खाने कुरा खुवाउने, रोग पत्तालागेको पहिलो र दोस्रो दिन गरि २ मात्रा भिटामिन ए क्याप्सुल खुवाउनु पर्दछ । यो रोग एक जना बिरामीले १२ देखि १८ जना बालबालिकालाई सार्न सक्दछ त्यसैकारण बिरामीलाई अनिवार्य रुपमा अन्य बालबालिका संगको सम्पर्कमा आउन नदिन आईसोलेसनमा राख्नुपर्दछ । बिरामीले मास्क प्रयोग गर्ने, हात धुने, ब्यक्तीगत सरसफाईमा ध्यान दिनुपर्दछ । तोकिएको उमेर, बच्चाको उमेर ९ महिना र १५ महिनाको उमेरमा १/१ मात्रा गरि २ मात्रा दादुरा विरुद्धको खोप दिनु नै दादुराबाट बच्ने एकमात्र प्रभावकारी उपाय हो ।

नियमित खोप लगाउदा दादुरा खोप लगाउन छुट भएका बालबालिकाहरुमा समेत ५ बर्षको उमेर भित्र जुन सुकै समयमा आएमा पनि १ महिनाको फरकमा २ मात्रा खोप दिई पुर्ण खोप सेवा प्रदान गरिन्छ ।

दादुराको खोप १ मात्राको प्रभाबकारिता ८५% र दोस्रो मात्रा समेत दिएमा रोगको रोकथाम गर्ने प्रभावकारीता दर ९५–९७ % हुने विभिन्न अनुसन्धानहरुले प्रमाणित गरेको छ । दादुरा, रुवेला र congenital रुवेला syndrome बाट सुरक्षित हुन दादुरा रुवेला खोप दिइन्छ । यो Liveattenuated virus (जिवित कमजोर भाइरस ) बाट बनाइएको हुन्छ । यो खोप ०.५ ml छाला र मासुको बीचमा (Subcutaneous) दिइन्छ । कोभिड–१९ बिरुद्धको खोप लिएको १४ दिन भित्र र यो खोप लिएको १४ दिन पछि सम्म दादुरा–रुबेला बिरुद्धको खोप दिइँदैन ।

दादुरा रुवेला खोप बच्चा जन्मेको ९ महिना र १५ महिनामा गरी २ पटक दिनुपर्छ । यो खोप लगाएका करिव १० लाख बालबालिका मध्ये १ जनामा Anaphylaxis हुन सक्छ ।

दादुरा–रुबेला बिरुद्धको खोप दिन नहुने अवस्थाः
पहिले दादुरा–रुबेला बिरुद्धको खोप लिएको बेला खोपको कारणले कडा प्रकारको Reaction भएको, अहिले दादुरा भएको बालबालिकामा, अन्य कुनै शिकिस्त बिरामी परेको अवस्थामा र एडसका बिरामीमा यो खोप दिईदैन तथा एच.आई.भि. मात्र भएको अवस्थामा यो खोप दिन सकिन्छ ।

दादुरा Outbreak:- दादुरा महामारी हुनका लागि कुनै निश्चित भौगोलिक क्षेत्र अथवा समुदायमा ४ हप्ता भित्रमा ५ जना वा सो भन्दा धेरै दादुरा रुवेलाको बिरामी देखा परेको हुनुपर्दछ , जसलाई हामी दादुरा outbreak महामारी भन्दछौँ । यसका लागी शंकास्पद ५ जना बिरामीको रगतको सिरम लिई कम्तिमा २ जनाको सिरम जाँच पोजेटिभ भएमा दादुरा महामारी भनिन्छ ।

दादुरा–रुबेला प्रकोप नियन्त्रण र ब्यवस्थापनको लागी दादुरा महामारी पछिको प्रतिकार्य खोप (Outbreak Response Immunization) कार्यक्रमः
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले दादुरा–रुबेला महामारी फैलिएको अवस्थामा सो रोगको प्रकोप फैलिन नदिन प्रकोप फैलिएको जिल्ला र वरीपरिका जिल्लाहरुमा प्रकोप फैलिन नदिन र नियन्त्रण गर्नका लागी राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत दादुरा–रुबेला प्रकोप नियन्त्रण र ब्यवस्थापनको लागी (Outbreak Response Immunization) कार्यक्रम संचालन निर्देशिका, २०७७ तयार गरेको छ । सो निर्देशिका अनुसार दादुरा रोगको महामारी देखिएको जिल्ला वा भौगोलिक क्षेत्र र त्यहाँबाट मानिस आवातजावात गर्ने संगै जोडिएको जिल्ला वा बस्तीहरुमा समेत रोग फैलिन नदिन महामारी पछिको प्रतिकार्य खोप अभियान (Outbreak Response Immunization: ORI) सञ्चालन गरिन्छ । सामान्यतया यो बिशेष थप खोप अभियान (ORI) सञ्चालन गर्दा लक्षित समूह निर्धारण गर्नुपर्दछ । जसमा : यदि महामारी को समयमा बिरामिहरु ९ महिना माथिको देखिएमा उमेर समुह ९ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरुलाई सो अभियान मार्फत दादुरा–रुबेला बिरुद्धको खोप थप १ मात्रा दिईन्छ भने यदि महामारीको समयमा ९ महिना मुनिका बालबालिकाहरुमा समेत दादुराको प्रकोप देखिएको भएमा उमेर समुह ६ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरुलाई सो अभियान मार्फत दादुरा–रुबेला बिरुद्धको खोपको थप १ मात्रा दिईन्छ

हाल बाँके जिल्लामा दादुरा महामारीको रुपमा फैलिएको छ । अहिलेसम्म ५ स्थानिय तहहरु पालिकाहरुमा (नेपालगञ्ज, कोहलपुर, डुडुवा, नरैनापुर, खजुरा) दादुराका बिरामीहरु फेला परेको छ । यी ५ स्थानीयतहहरुमा २९२ जनामा दादुरा निदान भएको जसमध्ये ५१ जना उपचाररत छन् , २४० जना निको भएका छन् भने १ जनाको मृत्यु समेत भइसकेको छ ।

५ स्थानियतहको दादुरा रुवेला खोप लगाउनुपर्ने ६ महिना देखि १५ बर्ष मुनिका बालबालिकाकोलक्षित जनसंख्या (Target population) १,१५,६०० जना मध्य रहेकोमा ८८,१३१जना (७६.२%)ले लगाइसकेका छन् । दादुरा निवारणका लागी दादुरा–रुबेला खोपको दोस्रो मात्राको लक्ष अनुसारको प्रगती ९५% भन्दा बढि हुनुपर्ने भएकोले खोप सेवा निरन्तर प्रदान भईरहेको स्वास्थ्य कार्यालय बांकेले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखा, WHO, UNICEF ले बाँके जिल्ला र यसको सिमाना जोडिएका र हाल दादुराका बिरामी देखिएका बर्दिया, कैलालि, सुर्खेत र दाङ्ग जिल्ला गरि ५ जिल्लामा महामारी पछिको प्रतिकार्य खोप अभियान (Outbreak Response Immunization: ORI)  सञ्चालनको तयारी गरिरहेको छ ।

समग्ररुपमा नेपाल सरकारले सन २०२३ को अन्त सम्ममा दादुरा रोग निवारण गर्ने लक्ष लिएकोमा सन २०२३ को शुरुआत संगै दादुराको प्रकोप बाँके लगाएत नजिकका ५ जिल्लामा देखा परिसकेकोले अव रोगको समयमै नियन्त्रणका लागी स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको स्वास्थ्य मन्त्रालयको संयन्त्र, सबै जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरु, बिकास साझेदार निकायहरु र समुदायको परिचालनबाट रोग समयमै नियन्त्रणको प्रयास भएकोले रोगको नियन्त्रणको अवस्थामा पुगेको आंकलन गर्न सकिन्छ । यस अभियानमा हामीसबैको हातेमालोले रोग निवारणको बाटो पनि तोकिएको समयमा सम्भाबनाको आशा गर्न सकिन्छ ।

 

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  १ : २४ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका