१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रूप दिदैं सत्ता साझेदार दलहरू



काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई आज सत्ता साझेदार दलहरूले अन्तिम रूप दिने भएका छन् । बुधबार बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम आज टुंगो लगाउने निर्णय गरेका हुन् ।

आज सत्ता साझेदार दलहरुले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने तयारी गरेको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विशेष गरेर आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम ल्याउने निर्णय गरेको थियो ।

सरकारको न्यूनतम कार्यक्रम ल्याएर सरकारले संसद्‌बाट विश्वासको मत ल्याएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुधबार बेलुका जानकारी दिए ।

बैठकमा सङ्घीय सरकारलाई पूर्णता दिने र प्रदेश सरकार गठनलगायत मुलुकको समसामयिक राजनीतिक र सामाजिक विषयमा समेत छलफल भएको थियो ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ८ : ४० बजे

अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै कांग्रेसको आपत्ति, ‘शक्ति केन्द्रीकरणको खतरनाक संकेत’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् स्थगित गरेर

बाँकेको नरैनापुरमा आगलागी, १५ घर/गोठ जले

नेपालगन्ज । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ । नरैनापुर

एमसिए-नेपाल अन्तर्गतको धानखोला-लमही सडक एफडीआर प्रविधिबाट स्तरोन्नति हुँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनअपेक्षा अनुसार सडक

गैरीगाउँ क्षेत्रका सबै ठूला घर भत्काइयो

काठमाडौं । गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला

चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश

काठमाडौं । चलचित्र लालीबजार को प्रदर्शनमा उच्च अदालत पाटनले तत्कालका