२१ भदौ २०८३, आइतबार | September 7, 2026

को होला कर्णालीमा मुख्यमन्त्री, केन्द्रलाइ रिजाउन डौडधुप



सुर्खेत । सत्तारुढ दलमा कर्णाली प्रदेशमा पहिलो दल रहेको नेकपा (माओवादी केन्द्र)ले आफूले जसरी पनि मुख्यमन्त्री पाउनुपर्छ भन्दै केन्द्रीय स्तरमा दवाव बढाएको छ ।

अन्य प्रदेशभन्दा कर्णालीमा माओवादीको अवस्था राम्रो भएको भन्दै कर्णालीमा मुख्यमन्त्रीको दाबी रहेको माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालिबहादुर मल्लले बताए ।

प्रदेशसभामा नेकपा एमालेका १० र माओवादीका १३ सिट रहेका छन् । सरकार बनाउनका लागि २१ सिट आवश्यक पर्ने भए पनि दुई दल मिलाउँदा २३ सिट पुग्छ । नेकपा एमालेको तर्फबाट मुख्यमन्त्रीमा दाबी गरिरहेका यमलाल कडेल मुख्यमन्त्रीको दौडमा रहेका छन् ।

नेकपा एमाले कर्णाली प्रदेशको एक कार्यदलले कर्णालीमा मुख्यमन्त्री आफूले पाउनुपर्ने भन्दै केन्द्रको ध्यानाक्रषण गराएको छ । आज मात्र प्रदेश प्रमुख तिलक परियारले २७ गते बेलुकी ५ बजे सम्मा मुख्यमन्त्रीको दावी गर्न आग्रह गरिसकेको छ । मुख्यमन्त्री माओवादीले पाउनु पर्ने त्यसमा पनि रुकुम पश्चिमका राजकुमार शर्मालाइ नै गराउनु पर्ने भन्दै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा व्यापक रुपमा लागेका बताइएको छ । राजकुमार शर्माका सन्तानसमेत रहेका छन् ।

कर्णालीमा माओवादीका अर्का पिल्लरका रुपमा रहेका उपमहासचिव शक्तिबहादुर बस्नेतको जिल्ला जाजरकोटमा माओवादीको प्रदेशसभा सदस्य नै नभएका कारण राजकुमारलाइ नै मुख्यमन्त्री बनाउनका लागि दवाव दिइरहेको बताएको छ ।

कर्णालीमा आफ्नो इज्जत र प्रतिष्ठाको विषयमा भएको भन्दै माओवादीले मुख्यमन्त्री दाबी गरेको माओवादी नेताहरू बताउँछन् । यो भन्दा पहिला पनि कर्णालीमा सरकारको पहिलो नेतृत्व माओवादीले नै गरेको थियो । केन्द्रमा सहमती नभइ प्रदेशमा केही नहुने माओवादी कर्णाली इन्चार्ज मल्लले बताए । २७ गते नै फाइनली टुंगो लाग्ने उनले बताए । अहिलेसम्म कुनै पनि सहमती नभएको उनको भनाइ छ ।

मुख्यमन्त्री माओवादीले पाए सभामुख एमाले र उपसभामुख माओवादी पाउने नेताहरुले बताएका छन् । यदी एमालेले मुख्यमन्त्री पाएको खण्डमा सभामुख माओवादीले पाउने छ । यसको लागि केन्द्रमै निर्णय भएर प्रदेशमा आउने नेताहरूले बताएका छन् ।

 

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ६ : ३३ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त