९ कार्तिक २०८३, सोमबार | October 26, 2026

नागरिकलाई तातो राहत दिन खजुरा गाँउपालिकाले दियो चोकचोकमा आगो ताप्ने काठको मुढा



खजुरा । अत्याधिक चिसो बढेपछि बाँकेको खजुरा गाँउपालिकाले पालिकाका बिभिन्न वडाहरुमा काठमा मुढा उपलब्ध गराउन थालेको छ । बाँकेको खजुरा गाउँपालिकाले बढ्दै गरेको चिसोलाई मध्यनजर गर्दै सबै वडाको चोकचोकमा काठमो मुढा उपलब्ध गराएको हो ।

प्रत्येक वडाका पायक पर्ने स्थानहरुमा आगो बाल्ने प्रयोजनका लागि मुढा उपलब्ध गराउने तयारी गरिएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले जानकारी दिए । गाउँपालिकाले डिभिजन वन कार्यालयको आपूर्ति समितिबाट दाउरा मुढा ल्याएर वितरण थालिएको उनले बताए ।

भोलि सम्म खजुराका ८ वटै वडाभित्र ठाउँठाउँमा दाउरा मुढा पुगिसक्ने गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले जानकारी दिइन् । सबै वडाको चोकचोकमा र बढी भिडभाड हुने ठाउँहरुमा भोलि सम्म दाउरा वितरण गरि सकिने उनले बताइन् ।

एक्कासी अत्याधिक चिसो बढेपछि बाँके जिल्ला बासीहरुकोे जनजीवन कष्टकर बनेको छ ।

शीत लहरसँगै चिसो बढेपछि जिल्लामा शीतलहरका कारण गर्भवती, सुत्केरी महिला, नबजात शिशु, बालबालिका बिरामी र असक्त जेष्ठ नागरिकहरु बढी प्रभाबित भएका छन् ।

चिसो बढेपछि जिल्लाको विद्यालयहरुमा विद्यार्थी संख्यामा कमि आएकोे छ भने बजार पसलमा मानिसहरुको चहल पहल पनि घटेको छ । अहिले चिसो बाट बच्नको लागी चोक चोक तथा टोलटोलमा मुढा दाउरा र परालको आगो बाली आगो ताप्ने गरेका छन ।

जाडोकै कारण खजुरा गाँउपालिकाले पालिकामा संचालनमा रहेका बिद्यालयहरुमा ३ दिन बिदा दिइसकेको छ ।

 

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ९ : ४२ बजे

थकान मेटिने म्याग्दीको भुरुङ्ग-तातोपानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा रहेको भुरुङ्ग-तातोपानी कुण्ड आन्तरिक

कार्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौं । कार्तिक स्नान, आकाशदीपदान तथा तुलसीको विशेष पूजा आराधना

आजदेखि एनपीएलको तेस्रो संस्करण, उद्घाटनमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाली क्रिकेटको चर्चित फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,