२२ भदौ २०८३, सोमबार | September 7, 2026

नागरिकलाई तातो राहत दिन खजुरा गाँउपालिकाले दियो चोकचोकमा आगो ताप्ने काठको मुढा



खजुरा । अत्याधिक चिसो बढेपछि बाँकेको खजुरा गाँउपालिकाले पालिकाका बिभिन्न वडाहरुमा काठमा मुढा उपलब्ध गराउन थालेको छ । बाँकेको खजुरा गाउँपालिकाले बढ्दै गरेको चिसोलाई मध्यनजर गर्दै सबै वडाको चोकचोकमा काठमो मुढा उपलब्ध गराएको हो ।

प्रत्येक वडाका पायक पर्ने स्थानहरुमा आगो बाल्ने प्रयोजनका लागि मुढा उपलब्ध गराउने तयारी गरिएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले जानकारी दिए । गाउँपालिकाले डिभिजन वन कार्यालयको आपूर्ति समितिबाट दाउरा मुढा ल्याएर वितरण थालिएको उनले बताए ।

भोलि सम्म खजुराका ८ वटै वडाभित्र ठाउँठाउँमा दाउरा मुढा पुगिसक्ने गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले जानकारी दिइन् । सबै वडाको चोकचोकमा र बढी भिडभाड हुने ठाउँहरुमा भोलि सम्म दाउरा वितरण गरि सकिने उनले बताइन् ।

एक्कासी अत्याधिक चिसो बढेपछि बाँके जिल्ला बासीहरुकोे जनजीवन कष्टकर बनेको छ ।

शीत लहरसँगै चिसो बढेपछि जिल्लामा शीतलहरका कारण गर्भवती, सुत्केरी महिला, नबजात शिशु, बालबालिका बिरामी र असक्त जेष्ठ नागरिकहरु बढी प्रभाबित भएका छन् ।

चिसो बढेपछि जिल्लाको विद्यालयहरुमा विद्यार्थी संख्यामा कमि आएकोे छ भने बजार पसलमा मानिसहरुको चहल पहल पनि घटेको छ । अहिले चिसो बाट बच्नको लागी चोक चोक तथा टोलटोलमा मुढा दाउरा र परालको आगो बाली आगो ताप्ने गरेका छन ।

जाडोकै कारण खजुरा गाँउपालिकाले पालिकामा संचालनमा रहेका बिद्यालयहरुमा ३ दिन बिदा दिइसकेको छ ।

 

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ९ : ४२ बजे

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको