२० असार २०८३, शनिबार | July 4, 2026

पाल्पाको खुर्सानेमा बस दुर्घटनामा, ६ जनाको मृत्यु (मृतकको नामसहित)



बुटवल । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, खुर्सानेमा बुधबार राति यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ।

रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने जाँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

रूपन्देहीको सालझण्डी ढोरपाटन सडकअन्तर्गत पर्ने सो सडकमा बस सडकबाट ५० मिटर तल भिरमा खसेको र रातको समय जंगल क्षेत्रमा दुर्घटना भएकाले समयमा उद्धार हुन नसक्दा ठुलो संख्यामा यात्रुको ज्यान गएको बताइएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा पाल्पा रैनादेबी ८ खुर्साने गाँउकी ३६ वर्षिया निर्मला घिमिरे, ११ वर्षिया सरुमाया घिमिरे, ५४ वर्षिया खिमकुमारी राना, ४० वर्षिया गिरिकुमारी गाहा, २१ वर्षिया सामकुमारी खत्री र १९ वर्षिया बिना पाण्डे रहेका छन् ।

प्रहरीका अनुसार घाइते भेटिएका १५ जना मध्ये पनि १३ जना महिला र ४ जना पुरुष रहेका छन्।

प्रहरीलाई राति १० बजेतिर दुर्घटनामा परेका घाइतेले नै फोन गरेर घटनाबारे जानकारी गराएका थिए। घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको राजमार्ग सुरक्षा ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

 

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ६ : २५ बजे

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा