५ श्रावण २०८३, मंगलबार | July 21, 2026

इन्धनको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटे पनि सोही अनुसार नेपालमा मूल्य नघटेकाले तत्काल मूल्य घटाउन निर्देशन दिएका हुन ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम जनतालाई राहत हुनेगरी मूल्य मूल्य कटौती गर्न बिहीबार वाणिज्य सचिवलाई प्रधानमन्त्रीले निर्देशन दिएकाे जानकारी दिए ।

आम उपभोक्तालाई राहतको अनुभूति हुने गरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिएकाे उनले जानकारी दिए ।

वाणिज्य सचिव तोयम रायाले भने इन्धन घटाउने विषयमा बोलाएर छलफल नभएको बताए । मूल्य घटाउन निर्देशन आए पनि इन्धनको मूल्य घटाउने/नघटाउने भन्ने विषय बोर्डको रहन्छ उनले भने, “मूल्य घटाउने विषयमा बोर्डमा छलफल भएको छैन ।”

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गए पनि निगमले इन्डियन कर्पाेरेसन (आईओसी)लाई तेल खरिद गरेको बक्यौता रकम र ऋण देखाएर मूल्य घटाएको छैन । लगातार मूल्य घट्दा स्थानीय बजारमा मूल्य नघटाउँदा उपभोक्ता मारमा परेको भन्दै त्यसको विरोधसमेत हुँदै आएको छ । तर निगमले भने बक्यौता र ऋण व्यस्थापन गर्न कठिन रहेकाले मूल्य यथावत् राखेको जनाएको छ ।

गत असोजदेखि नै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै आएको छ तर घाटा देखाएर निगमले स्थानीय बजारमा मूल्य घटाएको थिएन । लगातार मूल्य घट्दा पनि मूल्य नघटाएको भन्दै चौतर्फी विरोध आएपछि यसअघि गत १ पुसमा पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रुपियाँ मूल्य घटाएको थियो ।

१ जनबरीमा नयाँ मूल्य बढेर आए पनि निगमलाई मासिक रुपमा एक अर्ब ९८ करोड रुपियाँ नाफा रहेको छ । निगमले १५ दिनमा ९९ करोड रुपियाँ नाफा कमाउने अपेक्षा गरेको छ । निगमलाई हाल ग्यासबाहेक अरु सबैमा नाफा छ । ग्यासमा प्रति सिलिन्डर ३५९ रुपियाँ ५० पैसा घाटा रहेको निगमले जनाएको छ ।

चालू आर्थिक वर्षको सुरुदेखि असोजसम्म निगमले निरन्तर नोक्सानी खेपेको थियो। त्यसयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्न थालेपछि कात्तिकदेखि भने निगमले नाफा कमाउन थालेको हो।

गत आइतबार आईओसीले पेट्रोल, डिजेल, हवाई इन्धन र ग्यासको मूल्य बढाएर पठाएको थियो । नयाँ मूल्य आउँदा पेट्रोल प्रतिलिटर दुई रुपियाँ ५४ पैसा, डिजेल दुई रुपियाँ ९५ पैसा, हवाई इन्धन चार रुपियाँ १३ रुपियाँ र ग्यास प्रतिसिलिन्डरमा ७८ रुपियाँ २२ रुपियाँ बढेर आएको निगमले जनाएको छ ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले निगम नाफा हुँदा पनि विगतको घाटा देखाएर मूल्य नघटाउनु उपभोक्ता हितविपरीत भएको बताए । निगमले उच्च नाफा राखेर मूल्य निर्धारण गरेका कारण यसपटक बढेर मूल्य आए पनि ग्यासबाहेक अन्य सवै इन्धनमा नाफा रहेकाले तत्काल मूल्य घटाएर उपभोक्तालाई राहत दिनुपर्ने उनको भनाइ छ ।

निगम प्रवक्ता वीनितमणि उपाध्यायले भने महँगोमा तेल किनेर सस्तोमा बिक्री गर्दाको बक्यौता र ऋण गरेर अझै १८ अर्ब रुपियाँ तिर्न बाँकी रहेको जानकारी दिए । तेल खरिद गरेको बक्यौता तेल बेचेरै तिर्नुपर्ने बाध्यताका कारण अहिले मूल्य घटाउन नसकिएको उनले जानकारी दिए ।

निगमका अनुसार आईओसीको बक्यौता ११ अर्बमा झरेको छ भने सरकारी ऋण सात अर्ब रुपियाँमामा झरेको छ । हाल बजारमा पेट्रोल प्रतिलिटर १७८, डिजेल/मट्टीतेल १७५, हवाई इन्धन आन्तरिक प्रतिलिटर १९० रुपियाँ र ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय रुपियाँ मूल्य रहेको छ । आजको गोरखापत्र दैनिकमा लक्ष्मी सापकोटाले यो समाचार लेखेकी छिन ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ७ : ५६ बजे

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम । ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान