काठमाडौं । देशका पहाडी भू-भागमा अहिले आंशिक बदली छ । तराईका केही भू-भागमा हुस्सु/कुहिरो र शीतलहर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू-भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू-भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

















प्रतिक्रिया