२३ बैशाख २०८३, बुधबार | May 6, 2026

बारामा एकै परिवारका आमा-छोराको निर्मम हत्या, बाबु र छोरी गम्भीर घाइते



वीरगन्ज । बारा जिल्लामा एकै परिवारका आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । बारा जिल्लाको परवानीपुर गाउँपालिका-१ रहरियाडीमा भएको उक्त घटनाले स्थानीय क्षेत्रमा त्रासको वातावरण सिर्जना गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् । आज बिहान करिब ३ बजेको समयमा भएको आक्रमणमा आमा-छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा परिवारकै ५० वर्षीय श्रीमान् जगरूप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी गम्भीर घाइते भएका छन् । घाइते दुवैको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

हत्या कसले र किन गरेको भन्ने विषयमा हालसम्म कुनै ठोस जानकारी प्राप्त हुन नसकेको डीएसपी पण्डितले बताए । घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर (स्निफर डग) परिचालन गरिएको छ भने सम्भावित संलग्न व्यक्तिको खोजीका लागि सुरक्षा सतर्कता समेत बढाइएको छ ।

घटनापछि स्थानीय बासिन्दा भयभीत भएका छन् । प्रहरीले घटनास्थल वरपरको सुरक्षा व्यवस्था कडा पार्दै थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ८ : ३२ बजे

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

काठमाडौं । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण

अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विद्युतीय कारोबारसम्बन्धी

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको