२० असार २०८३, शनिबार | July 4, 2026

चीनमा कुल जनसंख्याको ४० प्रतिशत कोभिड संक्रमित



बेइजिङ । देशमा बढ्दो केसबीचमा गत महिनामा कोभिड–१९ बाट चिनियाँ जनसंख्याको ४० प्रतिशत संक्रमित भएको एसिया टाइम्सले चिकित्सा विज्ञहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

चिनियाँ महामारीविद् जेङ गुआङले अधिकांश चिनियाँ सहरहरूले आफ्ना ५० प्रतिशत मानिसमा पोजेटिभ परीक्षण गरेको जानकारी दिएकाले देशमा औसतमा ४० प्रतिशत जनसंख्यामा संक्रमण भएको हुनसक्ने अनुमान गर्नु उचित भएको हङकङस्थित अंग्रेजी समाचार आउटलेटले जनाएको छ ।

चिनियाँ महामारी विशेषज्ञ र चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगको कोभिड प्रतिक्रिया विशेषज्ञ टोलीका पूर्व प्रमुख लियांग वान्नियनका अनुसार हालको महामारीको मृत्यु दर गणना गर्न धेरै गाह्रो छ । चिनियाँ महामारी विशेषज्ञले यो महामारी समाप्त भएपछि मात्र सही तथ्यांक उपलब्ध हुने बताएका छन्।

चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार चीनमा भाइरस प्रसारण आशा गरिभन्दा तीब्र ढंगले विस्तार भएको झेङ गुवाङले बताए ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  १२ : ३४ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी