६ पुस २०८२, आइतबार | December 21, 2025

रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान, नगरपालिकामा बिदा



गुल्मी । रेसुंगा नगरपालिका-१० सिमिचौरमा निर्माण सम्पन्न भएको विमानस्थलमा आज ‘डेमो फ्लाइट’ अर्थात परीक्षण उडान गर्दै छ । तारा एयरको ट्विनअटर जहाजले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रेसुंगा विमानस्थलमा परीक्षण उडान गर्ने भएको हो ।

काठमाडौंबाट उडान गरेको तारा एअरको ट्वीनअटर विमानलाई गुल्मी पुग्न झण्डै ५० मिनेट लाग्ने प्राधिकरणले जनाएको छ । १८ सिट क्षमताको विमान रेसुङ्गा विमानस्थलमा झण्डै एक घण्टा रहनेछ । त्यसपछि पुनः काठमाडौं फर्कने छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले तारा एयरलाई अनुमति प्रदान गरेको छ ।

जहाज विमानस्थलमा करिब एक घण्टा रहनेछ । विमानमा गुल्मी-१ बाट निर्वाचित सांसद चन्द्र भण्डारी, गुल्मी-२ बाट निर्वाचित सांसद गोकर्ण विष्ट, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्री, प्रदेश सांसद धनेन्द्र कार्की, रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी, नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू समेत सवार हुने बताइएको छ ।

विमानस्थल निर्माणका लागि हालसम्म ३७ करोडभन्दा बढी खर्च भइसकेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले परीक्षण उडानको कार्यक्रम तय भएकोले यस दिन नगर कार्यपालिकाको कार्यालयबाट प्रदान हुने सम्पूर्ण प्रकारका सेवा बन्द हुने जानकारी गराएका छन् ।

परीक्षण उडानका लागि पनि बिदा दिइएको भन्दै सामाजिक सञ्जालमा भने चर्को आलोचना भएको छ ।

 

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ९ : २४ बजे

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)