५ श्रावण २०८३, मंगलबार | July 21, 2026

धमाधम मर्ज हुँदै वाणिज्य बैंक



काठमाडौं । मुलुकमा धमाधम ठूला बैंकबीच आपसमा मर्ज हुने एवं एकआपसमा गाभिनेक्रम बढेसँगै वाणिज्य बैंकहरूको संख्या २८ बाट घटेर अब जम्मा १८ वटामा झरेको छ ।

यसअघि नेपाल राष्ट्र बैंकले दिएको मर्जर सुविधा एवं पहलपछि हाल धमाधम ठूला बैंकहरूबीच यस्तो मर्जर एवं आपसमा गाभिने क्रमले तीब्रता पाएको हो । यही लहरसँगै अब वाणिज्य बैंकहरूको संख्या घटेर १८ वटामा झर्ने देखिएको हो । मर्ज हुनेक्रममा सोमबार मात्रै ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डु (बीओके) गाभिएर एकीकृत कारोबार सुरु गर्दै छन् । यस्तैक्रम अन्य बैंकले यो साताभर जारी राख्ने भएका छन् ।

यसरी मर्ज भई एकीकृत कारोबार सञ्चालन गर्न केही बैंकले आफ्ना निक्षेपकर्तालाई आन्तरिक सफ्टवेयरको काम मिलाउन भन्दै केही दिन बैंकिङ कारोबार सेवा नै बन्द हुने बताइरहेका छन् । जसका कारण निक्षेपकर्ताले अझै एकदुई दिन आफ्नो खातामा भएको पैसासमेत झिक्न पाउनेछैनन् ।

पछिल्लोपटक २७ वटाबाट झरेर २१ वटामा आइपुगेको वाणिज्य बैंकहरूको संख्या ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डु (बीओके) बीच मर्ज भएपछि २० मा झर्ने छ । आगामी मंगलबार प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक गाभिनेछन् । यस्तै आगामी बुधबार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल पनि एकआपसमा गाभिएर एकीकृत कारोबार थाल्ने जनाइएको छ । त्यसपछि हिमालयन बैंक र सिभिल बैंकले पनि मर्जरका लागि वार्षिक साधारणसभा डाकेका छन् ।

आगामी साता लक्ष्मी र सनराइज बैंकबीच मर्जरको सम्झौता हुँदै छ । यसअघि नेपालमा कुनैबेला वाणिज्य बैंकहरूको संख्या धमाधम बिस्तार भएर ३२ वटासम्म पुगेको थियो । त्यतिबेला सरकारले नयाँ लाइसेन्स बाँडिएको तथा ‘ख’ र ‘ग’ वर्गका संस्थालाई स्तरोन्नति गर्न दिइएका कारण संख्या बढेको थियो ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले चार वर्षदेखि ‘बिग मर्जर’ योजना अघि सारेको हो । तत्कालीन राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले चुक्ता पुँजी वृद्धिको योजना बैंक संख्या घटाउनका लागि लिएका थिए । तर, त्यतिबेला राजनीतिक दबाबले हकप्रद दिने व्यवस्था गर्न उनी बाध्य भए । जसका कारण सो समय बैंकहरूको संख्या यसरी घटेको थिएन ।

त्यतिबेला नै तत्कालीन गभर्नर नेपालले आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीतिमा ‘बिग मर्जर’ लाई प्राथमिकतामा राखेर केही सहुलियत घोषणा गरेका थिए । उनको नीतिलाई अहिलेका गभर्नर महाप्रसाद अधिकारीले पहिलो मौद्रिक नीतिबाटै प्राथमिकतामा राखेका थिए । तर, लामो समय जारी रहेको कोरोना विश्व महामारी र लकडाउनका कारण सो योजना अघि बढ्न सकेन । विस्तृत समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ७ : ४४ बजे

तयारी पोसाक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको