१७ बैशाख २०८१, सोमबार | April 30, 2024

बाँकेमा दादुरा महामारी : संक्रमितको संख्या ९२ पुग्यो, खजुरामा पनि भेटियो दादुरा



नेपालगन्ज । नेपालगन्जमा फैलिएको दादुरा महामारीबाट संक्रमित हुने बालबालिकाको संख्या ७६ पुगेको छ । नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडामध्ये ११ वटा वडामा दादुरा माहामारी फैलिसकेको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

पुस १२ गतेबाट देखिएको दादुरा संक्रमणबाट नेपालगञ्ज उपमहानगरपालिकाका वडा नं. १, २, ५, ७, ८, ९, १०, ११, १४, १५ र २२ मा गरी ७६ जनामा संक्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताएका छन् ।

दादुराबाट ५ नम्बर वडाका ३१ महिने एक बालकको मृत्यु भइसकेको छ । संक्रमित बालबालिकालाई होम आइसोलेसनमा राखेर उपचार भइरहेको महाशाखाले जनाएको छ । बढी संक्रमित तीनवटा वडामा दादुरा रुबेलाविरुद्धको खोप अभियान सुरु गरिएको छ ।

संक्रमित हुनेमा अधिकांश पूर्ण खोप नलगाएका बालबालिका रहेकाले संक्रमण फैलिएका सबै वडामा खोप कार्यक्रम सञ्चालन गरिने चन्दले बताए । नेपालले सन् २०२३ को अन्त्यसम्म दादुरा निवारण गर्ने लक्ष्य लिएको छ ।

खजुरामा पनि भेटियो दादुरा संक्रमित

बाँकेको नेपालगन्जमा फैलिएको दादुरा महामारी नेपालगन्ज उपमहानगर बाहिर पनि फैलन थालेको छ । आज खजुरा गाउँपालिकाका बालबालिकामा पनि दादुरा देखापरेको छ । एक साताअघि नेपालगञ्ज–७ का चार जना बालबालिकामा देखिएको दादुरा आज खजुरामा पनि देखा परेको हो ।

खजुरा गाँउपालिका वडा नम्बर २ गुराँसपुरका २ जना बालकमा दादुरा संक्रमण भेटिएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेशबाबु श्रेष्ठले बताए । उनले सोमबार सम्म बाँकेमा ९२ जनामा संक्रमण फैलिएको जनाउँदै जिल्लाका अन्य स्थानमा पनि संक्रमित भेटिन थालेको बताए ।

दादुरा तीव्र गतिमा फैलिरहेको पाइएको जनाउँदै उनले नियन्त्रणका लागि रोकथाम अभियानलाई पनि तीव्र पारिएको बताए । खोप फोकल पर्सनसमेत रहेका अधिकृत श्रेष्ठले दादुरा फैलिएपछि खोप अभियानलाई तीव्र पारिएको जानकारी दिए ।

 

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  १० : ०५ बजे

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल