२० असार २०८३, शनिबार | July 5, 2026

बाँकेमा दादुरा महामारी : संक्रमितको संख्या ९२ पुग्यो, खजुरामा पनि भेटियो दादुरा



नेपालगन्ज । नेपालगन्जमा फैलिएको दादुरा महामारीबाट संक्रमित हुने बालबालिकाको संख्या ७६ पुगेको छ । नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडामध्ये ११ वटा वडामा दादुरा माहामारी फैलिसकेको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

पुस १२ गतेबाट देखिएको दादुरा संक्रमणबाट नेपालगञ्ज उपमहानगरपालिकाका वडा नं. १, २, ५, ७, ८, ९, १०, ११, १४, १५ र २२ मा गरी ७६ जनामा संक्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताएका छन् ।

दादुराबाट ५ नम्बर वडाका ३१ महिने एक बालकको मृत्यु भइसकेको छ । संक्रमित बालबालिकालाई होम आइसोलेसनमा राखेर उपचार भइरहेको महाशाखाले जनाएको छ । बढी संक्रमित तीनवटा वडामा दादुरा रुबेलाविरुद्धको खोप अभियान सुरु गरिएको छ ।

संक्रमित हुनेमा अधिकांश पूर्ण खोप नलगाएका बालबालिका रहेकाले संक्रमण फैलिएका सबै वडामा खोप कार्यक्रम सञ्चालन गरिने चन्दले बताए । नेपालले सन् २०२३ को अन्त्यसम्म दादुरा निवारण गर्ने लक्ष्य लिएको छ ।

खजुरामा पनि भेटियो दादुरा संक्रमित

बाँकेको नेपालगन्जमा फैलिएको दादुरा महामारी नेपालगन्ज उपमहानगर बाहिर पनि फैलन थालेको छ । आज खजुरा गाउँपालिकाका बालबालिकामा पनि दादुरा देखापरेको छ । एक साताअघि नेपालगञ्ज–७ का चार जना बालबालिकामा देखिएको दादुरा आज खजुरामा पनि देखा परेको हो ।

खजुरा गाँउपालिका वडा नम्बर २ गुराँसपुरका २ जना बालकमा दादुरा संक्रमण भेटिएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेशबाबु श्रेष्ठले बताए । उनले सोमबार सम्म बाँकेमा ९२ जनामा संक्रमण फैलिएको जनाउँदै जिल्लाका अन्य स्थानमा पनि संक्रमित भेटिन थालेको बताए ।

दादुरा तीव्र गतिमा फैलिरहेको पाइएको जनाउँदै उनले नियन्त्रणका लागि रोकथाम अभियानलाई पनि तीव्र पारिएको बताए । खोप फोकल पर्सनसमेत रहेका अधिकृत श्रेष्ठले दादुरा फैलिएपछि खोप अभियानलाई तीव्र पारिएको जानकारी दिए ।

 

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  १० : ०५ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी