२३ बैशाख २०८१, आइतबार | May 6, 2024

विश्वासको मत माग्दै प्रचण्डले भने– हामी मिल्दा देश अगाडि बढ्छ, नमिल्दा संकटमा जान्छ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा विश्वासको मत माग्दै सबै मिलेर अघाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले लोकतान्त्रिक र वामपन्थी शक्तिहरु नै मिलेर देशमा परिवर्तन भएको बताए । उनले १०४ वर्षे राणा शासन र राजतन्त्रको अन्त्य पनि सहमति र सहकार्यमार्फत भएको बताए ।

‘हामी मिल्दा देश अघाडि गएको छ । नमिल्दा देश संकटतर्फ गएको छ’, उनले भने । उनले राष्ट्रिय एकताका साथ अघि बढ्ने बताए ।

‘आज परिस्थितिवश तेस्रोपटक प्रधानमन्त्रीको रुपमा विश्वासको मतका लागि अनुरोध गर्न यो सम्मानित सदनको रोस्ट्रममा उभिएको छु। मैले भनी नै हालेँ, म यसपल्ट फरक संकल्पका साथ संसद् सामु उभिएको छु’, उनले भने ।

प्रचण्ड गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । उनले ११ गते शपथ लिएका थिए। प्रधानमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

एमालेको प्रमुख सहयोगमा प्रधानमन्त्री भएका उनले कांग्रेस लगायतका दलहरुबाट पनि विश्वासको मत पाउने भएका छन् ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १ : ३५ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa