२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अगाडि बढाउन चाहन्छु : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको सङ्कल्पका साथ आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेको बताएका छन ।

प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा लिखित सम्बोधन गर्दै उनले प्रधानमन्त्रीका रूपमा आफूले निषेध, अपमान र प्रतिशोध होइन सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउन चाहेको स्पष्ट पारेका हुन ।

उनले निषेध अपमान, प्रतिशोध नभई सहमति, सहकार्यको राजनीतिक संस्कार अगाडि बढाउन चाहेको स्पष्ट पारेका छन । आत्मस्वीकारोक्ति र आत्मसमीक्षासहित उभिएको उल्लेख गर्दै उनले विगतका दुई पटकका अनुभवबाट यस पटक कुनै गल्ती गर्ने छुट नभएको स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले यस पटक सिङ्गो देश एक ठाउँमा उभिएर विश्वलाई नै एकताको सन्देश दिन चाहेको उल्लेख गर्दै यो कार्यकालमा इमान्दार स्वीकारोक्तिसहित केही न केही गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पहुँच होइन विधिको शासन शुरु गर्ने र रु ६० खर्ब बराबरको विकास खर्च जुटाउँदै राष्ट्रिय सहमतिका साथ शान्ति प्रक्रियाका केही बाँकी काम पूरा गर्न लागिपर्ने बताए ।

आफूले अगाडि बढाएको मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण करिडोर, ऊर्जा क्षेत्रको विकासमा खेलेको भूमिकाले आज देश अगाडि बढेको जानकारी दिए । आगामी छ महिनाभित्र नागरिकता प्रदान गर्ने तथा एक वर्षभित्र राष्ट्रिय परिचयपत्र प्रदान गर्ने, आर्थिक समृद्धिका लागि नीतिगत सुधार, न्यायपालिकाको सुधार र भ्रष्टाचारको अन्त्य गर्दै नागरिक प्रशासन सेवा प्रवाहमा सुधार ल्याउन एक दर्जन नयाँ ऐनको तर्जुमा र विद्यमान ऐनको सुधार गर्ने प्रतिवद्धता उनले व्यक्त गरे । उनले विकास निर्माणमा भएको वेथितीको अन्त्य गर्ने र तीन चरणमा काम गर्ने गरी वातावरण बनाउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १ : ५५ बजे

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत