५ पुस २०८२, शनिबार | December 20, 2025

जनादेशले निषेधको होइन, सहकार्यको राजनीति खोजेको छ : रेखा शर्मा



काठमाडौं । माओवादी केन्द्रकी सांसद रेखा शर्माले जनादेशले निषेधको होइन, सहकार्यको राजनीति खोजेको बताएकी छन् ।

प्रतिनिधिसभाको मंगलबारकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले गत निर्वाचनबाट प्राप्त जनादेशले निषेधको नभएर सहकार्यको राजनीति खोजेको बताइन् ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आग्रह गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाले भनेजस्तै देशले सहकार्य र एकताको राजनीति खोजेको जानकारी दिइन् । जसअनुसार कांग्रेससहित दलले सरकारलाई विश्वासको मत दिने गरेको निर्णयको उनले स्वागत गरिन् ।

दलहरुले विश्वासको मत दिने निर्णयले सहकार्यको राजनीतिलाई अगाडि बढाएको सांसद शर्माको भनाइ छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  २ : ३७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता