३ भदौ २०८३, बुधबार | August 19, 2026

प्रधानमन्त्रीका प्रतिबद्धता मननीय छन्, त्यसकारण हाम्रो समर्थन सरकारलाईः सांसद राई



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद असोक राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा प्रतिनिधि सभामा बोल्दै सांसद राईले प्रधानमन्त्री प्रचण्डका कुरा मननीय भएको बताउँदै त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने बताए ।

‘प्रधानमन्त्रीका प्रतिबद्धता मननीय छन्, त्यसकारण हाम्रो पार्टी संसदीय दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ,’ उनले भने ।

उनले जनताका विकासका आकांक्षा अधुरा रहेको बताए । उनले भने, ‘हामी विकासका चरणका संरचना तयार गर्ने क्रममा गुज्रिरहेका छौं । मलाई लाग्छ, पूर्वप्रधानमन्त्री जी कसैले पनि गर्न नचाहेर होइन । गर्न चाहँदा चाहँदै पनि विकास हठात्, अचानक, टप्किने विषयवस्तु नभएको हुनाले यो,क्रमबद्ध प्रक्रिया भएको हुनाले पनि कयौं कुरा हुन सकेनन ।’

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ३ : १५ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने