२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

विश्वासको मत दिन्छौँ तर प्रधानमन्त्रीबाट न्यायको अपेक्षा गरेका छौँ : रञ्जिता श्रेष्ठ



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताएकी छिन् ।

प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले आफूहरु प्रधानमन्त्रीसँगै गोलबद्ध रहेको बताइन् । तर, न्याय चाहिएको दोहोर्‍याइन् । ‘हामीलाई न्याय चाहिएको छ । समयमै न्याय, पलभरमै न्याय, अहिले नै न्याय’, उनले भनिन् ।

प्रधानमन्त्री बनाउन समर्थन गरेको भएपनि नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षमा बस्ने बताउँदै आएको छ । प्रचण्डले गरेको वकितम् वाचा पूरा भएको भए अहिले आफूहरु सत्ता पक्षमा हुने थियौँ भन्ने श्रेष्ठको भनाइ थियो । ‘जबसम्म हाम्रो माग मुद्दा पूरा हुँदैन तबसम्म हामी प्रतिपक्षमै हुनेछौँ’, उनले भनिन् ।

उनले आफूहरुमा संविधानप्रति असन्तुष्टि रहेको बताइन् । तर, असहमति भने नभएको उनको भनाइ छ । ‘विद्रोबाट जन्मिएको पार्टीले एक दिन आफ्नो अधिकार प्राप्त गरेरै छाड्ने छ’, उनले भनि न्।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ३ : ५२ बजे

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट

भीरबाट लडेर घाइते निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर