५ पुस २०८२, शनिबार | December 20, 2025

विश्वासको मत दिन्छौँ तर प्रधानमन्त्रीबाट न्यायको अपेक्षा गरेका छौँ : रञ्जिता श्रेष्ठ



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताएकी छिन् ।

प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले आफूहरु प्रधानमन्त्रीसँगै गोलबद्ध रहेको बताइन् । तर, न्याय चाहिएको दोहोर्‍याइन् । ‘हामीलाई न्याय चाहिएको छ । समयमै न्याय, पलभरमै न्याय, अहिले नै न्याय’, उनले भनिन् ।

प्रधानमन्त्री बनाउन समर्थन गरेको भएपनि नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षमा बस्ने बताउँदै आएको छ । प्रचण्डले गरेको वकितम् वाचा पूरा भएको भए अहिले आफूहरु सत्ता पक्षमा हुने थियौँ भन्ने श्रेष्ठको भनाइ थियो । ‘जबसम्म हाम्रो माग मुद्दा पूरा हुँदैन तबसम्म हामी प्रतिपक्षमै हुनेछौँ’, उनले भनिन् ।

उनले आफूहरुमा संविधानप्रति असन्तुष्टि रहेको बताइन् । तर, असहमति भने नभएको उनको भनाइ छ । ‘विद्रोबाट जन्मिएको पार्टीले एक दिन आफ्नो अधिकार प्राप्त गरेरै छाड्ने छ’, उनले भनि न्।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ३ : ५२ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन