२० असार २०८३, शनिबार | July 5, 2026

रेशम चौधरी रिहा नभएपछि नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षमा



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पूरा नगरेको भन्दै प्रतिपक्षमा बस्ने जानकारी गराएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतमाथि धारणा राख्ने क्रममा नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पूरा नगरेकाले प्रतिपक्षमा बस्ने जानकारी गराएको हो ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले झुठ्ठा मुद्दाका कारण जेलमा रहेका रेशम चौधरीसहितका राजबन्दी रिहा गर्ने काम नभएले आफूहरुले प्रतिपक्षमा रहने जानकारी दिएकी हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जानकारी गराउँदै उनले विश्वासको मत दिए पनि माग पूरा नभएकाले प्रतिपक्षमै रहने बताइन् ।

‘प्रधानमन्त्रीज्यू, तपाइँले गरेको वाचा पूरा भएको भए आज हामी सत्तापक्षकै कुर्सीमा हुन्थ्यौँ, जबसम्म हाम्रो मागको सम्बोधन पूरा हुँदैन, तबसम्म प्रतिपक्षकै बस्नेछौँ,’ उनले भनिन् ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ४ : ३४ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी