२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

प्रधानमन्त्री प्रचण्डले प्राप्त गरे विश्वासको मत



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनलाई विश्वासको मत प्राप्त भएको हो ।

प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २६८ मत परेको र विपक्षमा २ मत परेको सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए । योसँगै प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत प्रस्ताव बहुमतले पारित भएको ज्येष्ठ सदस्य राणाले जानकारी दिए ।

उनका अनुसार मतदानमा २७० जना सहभागी भएका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, एकीकृत समाजवादी, जनमतसहितका दलले विश्वासको मत दिएको छ । राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले भने प्रधानमन्त्री प्रचण्डको प्रस्तावको विपक्षमा मत दिए ।

१७ दिनअघि १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले मंगलबार संसदबाट विश्वासको मत लिएका हुन् । योसँगै प्रचण्ड नेतृत्वको सरकारविरुद्ध अब दुई वर्ष संसदमा अविश्वासको प्रस्ताव लैजान नपाइने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रचण्डले मंगलबार संसदबाट विश्वासको मत लिएका हुन् ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ५ : ३१ बजे

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत