४ पुस २०८२, शुक्रबार | December 20, 2025

आषिश दोस्रो लुम्बिनी प्रदेश स्तरीय सी लेभल ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि सुरु



बुटवल । रुपन्देहीमा शुक्रबारदेखि आषिश दोस्रो लुम्बिनी प्रदेश स्तरीय सी लेभल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आषिश स्पोर्ट हाउस बुटवलको आयोजनामा यही पौष २९ र ३० गते सी लेभल मेन्स डबल र भेट्रान्स तर्फ मेन्स डबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा लायन्स क्लब अफ बुटवल स्टारले समेत साथ दिएको छ ।

लुम्बिनी प्रदेशका ३ दर्जन बढी भेट्रान्स तर्फको मेन्स बल र सी लेभलका १२८ बढी मेन्स डबल तर्फको समूह सहभागी हुने आयोजकको अपेक्षा रहेको छ । प्रतियोगितामा मेन्स बल सी लेभल तर्फ प्रथम हुनेले ३२ हजार, द्वितीय हुनेले २२ हजार तथा तृतीय हुनेले १६ हजार नगद राशीसहित कप मेडल र प्रमाणपत्र पाप्त गर्ने छन् । यसैगरी भेट्रान्स (४५ वर्षमाथिका) प्रथम हुनेले २० हजार, द्वितीय हुनेले १५ तथा तृतीय हुनेले १० हजार नगद राशीसहित कपमेडल र प्रमाणपत्र प्राप्त गर्ने आशिष स्पोर्टसका सञ्चालक आयुस कृष्ण श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुनका लागि मेन्स डबल सी लेभल तर्फ २ हजार ५ सय र भेट्रान्स मेन्स डबल तर्फ २ हजार प्रवेश शुल्क राखिएको उनले बताए । गत वर्षको अनुभवलाई लिएर प्रतियोगिता थप व्यवस्थित बनाउने प्रयास गरिएको सहयोगी संस्था लायन्स इन्टरनेश्नल ३२५ पी का सचिव सन्दिप कसौधनले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्नका लागि ७ लाख बढी चर्ख अनुमान गरिएको छ । यस्ता खालका प्रतियोगिताले युवाहरुलाई खेलमा आकर्षण गर्नुका साथै उनीहरुको सर्वाङ्गिण बिकासमा टेवा पुग्ने लायन्स क्लब अफ बुटवल स्टारका पूर्व अध्यक्ष अन्जिल खानले बताए ।

प्रतियोगितामा लुम्बिनी प्रदेश भरीका बी लेभल प्रतियोगितामा प्रथम, दोस्रो तथा तेस्रो उपाधि विजेता बाहेकका खेलाडीले सहभागी हुन पाउने मुख्य एम्पायर अर्जुन कार्कीले जानकारी दिए । यसैगरी भेट्रान्सतर्फ नेपाली नागरिकता वा कुनै उमेर खुल्ने राज्यबाट जारी गरिएका कुनै प्रमाणपत्र अनिवार्य गरिएको उनले बताए । लायन्स क्लब अफ बुटवल स्टारका अध्यक्ष विजय बर्नवालले प्रतियोगिताले यस क्षेत्रमा खेलकूदको बिकासमा सहयोग पुग्ने उल्लेख गरे ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ५ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको