१६ असार २०८३, मंगलबार | June 30, 2026

आषिश दोस्रो लुम्बिनी प्रदेश स्तरीय सी लेभल ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि सुरु



बुटवल । रुपन्देहीमा शुक्रबारदेखि आषिश दोस्रो लुम्बिनी प्रदेश स्तरीय सी लेभल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आषिश स्पोर्ट हाउस बुटवलको आयोजनामा यही पौष २९ र ३० गते सी लेभल मेन्स डबल र भेट्रान्स तर्फ मेन्स डबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा लायन्स क्लब अफ बुटवल स्टारले समेत साथ दिएको छ ।

लुम्बिनी प्रदेशका ३ दर्जन बढी भेट्रान्स तर्फको मेन्स बल र सी लेभलका १२८ बढी मेन्स डबल तर्फको समूह सहभागी हुने आयोजकको अपेक्षा रहेको छ । प्रतियोगितामा मेन्स बल सी लेभल तर्फ प्रथम हुनेले ३२ हजार, द्वितीय हुनेले २२ हजार तथा तृतीय हुनेले १६ हजार नगद राशीसहित कप मेडल र प्रमाणपत्र पाप्त गर्ने छन् । यसैगरी भेट्रान्स (४५ वर्षमाथिका) प्रथम हुनेले २० हजार, द्वितीय हुनेले १५ तथा तृतीय हुनेले १० हजार नगद राशीसहित कपमेडल र प्रमाणपत्र प्राप्त गर्ने आशिष स्पोर्टसका सञ्चालक आयुस कृष्ण श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुनका लागि मेन्स डबल सी लेभल तर्फ २ हजार ५ सय र भेट्रान्स मेन्स डबल तर्फ २ हजार प्रवेश शुल्क राखिएको उनले बताए । गत वर्षको अनुभवलाई लिएर प्रतियोगिता थप व्यवस्थित बनाउने प्रयास गरिएको सहयोगी संस्था लायन्स इन्टरनेश्नल ३२५ पी का सचिव सन्दिप कसौधनले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्नका लागि ७ लाख बढी चर्ख अनुमान गरिएको छ । यस्ता खालका प्रतियोगिताले युवाहरुलाई खेलमा आकर्षण गर्नुका साथै उनीहरुको सर्वाङ्गिण बिकासमा टेवा पुग्ने लायन्स क्लब अफ बुटवल स्टारका पूर्व अध्यक्ष अन्जिल खानले बताए ।

प्रतियोगितामा लुम्बिनी प्रदेश भरीका बी लेभल प्रतियोगितामा प्रथम, दोस्रो तथा तेस्रो उपाधि विजेता बाहेकका खेलाडीले सहभागी हुन पाउने मुख्य एम्पायर अर्जुन कार्कीले जानकारी दिए । यसैगरी भेट्रान्सतर्फ नेपाली नागरिकता वा कुनै उमेर खुल्ने राज्यबाट जारी गरिएका कुनै प्रमाणपत्र अनिवार्य गरिएको उनले बताए । लायन्स क्लब अफ बुटवल स्टारका अध्यक्ष विजय बर्नवालले प्रतियोगिताले यस क्षेत्रमा खेलकूदको बिकासमा सहयोग पुग्ने उल्लेख गरे ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ५ : ५० बजे

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ । यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा

सङ्खुवासभाको सिलिचोङमा पहिरो जाँदा सात परिवार विस्थापित

सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा लगातारको वर्षापछि आएको बाढीपहिरोले

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी