८ बैशाख २०८१, शनिबार | April 20, 2024

जन्मदिने आमालाई अचानोमा राखि हत्या गर्न खोज्ने छोरा पक्राउ



तानसेन । आफ्नै आमाको हत्या गर्न खोज्ने छोरालाई पाल्पा प्रहरीले पक्राउ गरेको छ । जन्मदिने आमालाई अचानोमा राखी तरबारले प्रहार गर्न लागेका छोरालाई पाल्पा प्रहरीले पक्राउ गरेको हो ।

पाल्पा जिल्लाको रिब्दिकोट गाँउपालिका ३ का २४ वर्षिय स्थानीय हिराबहादुर दर्लामीले जन्मदिने आमा चित्रकुमारी दर्लामीलाई अश्लील गाली गर्दै अचानोमा राखी तरबारले प्रहार गर्न तयार भएको बेला प्रहरी पुगेर आमाको उद्दार गर्नुका साथै हिराबहादुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गत मंगलबार घरमा झगडा गर्ने क्रममा हातहालाहालको अवस्थामा छिमेकीले खबर गरेपछि प्रहरी पुग्दा आमालाई अचानोमा राखी हत्या गर्ने गर्ने उद्देश्यले तरबार प्रहार गर्न थालेका बेला प्रहरीले फेला पारेर पक्राउ गरेको हो ।

घटनास्थलबाट अचानो र तरबार बरामद भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता नायव प्रहरी उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए । पक्राउ परेका दर्लामीलाई ज्यान मार्ने उद्योग अन्तर्गत अनुसन्धान शुरु गरिएको उनले बताए ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  १ : ५१ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

‘पुजार सार्की’को ‘दर्शन गरेँ’ सार्वजनिक

काठमाडौं । जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को