२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

देउवा निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

बिहीबार दिउँसो आफ्नो निवास धुम्बाराहीमा बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पदाधिकारी बैठकमा देउवाले पार्टीका शीर्ष नेताहरूलाई समेत आमन्त्रण गरेका छन् । कांग्रेसको केन्द्रीय समिति बैठक १५ माघमा सारिएको छ । पहिले २२ पुस र २८ पुसमा बस्ने भनिएको बैठक माघमा सारिएको हो ।

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेपछि चौतर्फी आलोचना भएको छ । आलोचनाकै बीचमा देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

आगामी ५ माघमा प्रतिनिधिसभाको सभामुखको निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएको स्रोतले बतायो ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  २ : २० बजे

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषद्को बैठक

चितवन मेडिकल कलेजले काठमाडौं र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

चितवन । चितवन मेडिकल कलेज (सिएमसी)ले संघीय राजधानि काठमाडौंको तीनकुने

एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

इलाम । सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि

बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

मुस्ताङ । हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनकूल याम चलिरहेको

आज तेस्रो प्रदेश भाषा दिवस, वाग्मती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । वाग्मती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस