२० माघ २०८२, मंगलबार | February 4, 2026

मर्चवारमा गोली चल्यो, एक भारतीय सहित ३ जना प्रहरीको नियन्त्रणमा



बुटवल । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा गोली चलेको छ । सीमापारिबाट सामान ओसारपसार गर्नेहरुले गोली चलाएको बताइएपनि प्रहरीले त्यसको पुष्टी गरेको छैन ।

बिहिबार राती केही पड्केको आवाज आएको र घटनास्थलमा एक थान गोलीको खोका फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले बताएका छन् । उनले करिब ७ बजे गोली चलेको पुष्टी गरे । कोटहीमाइ गाउपालिका वडा नम्बर ३ पर्सियामा तस्करी रोक्न सक्रिय रहेको प्रहरीलाई तर्साउनको लागि हवाइ फायर गरिएको अनुमान गरे ।

डीएसपी अर्यालले एकजना भारतिय र २ जना नेपाली नागरिकलाई पक्राउ गरिएको र उनीहरुबाट भारतिय नम्बर प्लेटको १ थान र नेपाली नम्बर प्लेटको १ थान मोटरसाईकल पनि बरामद भएको बताए । घटनामा संलग्न अन्यको पनि नाम आएकाले अनुसन्धानका पछि मात्र पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिने उनले बताए ।

गोली चलेको स्थान नेपाल(भारतको सीमा क्षेत्र हो । गोली चलेको पर्सिया लगायत त्रीलोकपुर, कदमहवाबाट भारतबाट अवैध चोरी निकासी हुने गरेको छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ९ : ३६ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको