१३ माघ २०८२, मंगलबार | January 27, 2026

मधेस प्रदेशमा सभामुखको उमेदवारी दर्ता आज



जनकपुरधाम । मधेस प्रदेशको सभामुख पदको लागि आज उमेदवारी दर्ता हुने भएको छ । प्रदेशसभामा बिहान ११ बजेदेखि ३ बजेसम्म उमेदवारी दर्ताको लागि समय तोकिएको हो ।

दलहरुले प्रस्ताव गरेको उमेदवारको नामावली आज नै दिउँसो ३ः३० बजे प्रशकाशन हुने निर्वाचन तालिकामा उल्लेख छ ।

प्रस्ताव भएको नामहरु माघ २ गते बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत हुनेछन् । नेकपा एमालेले सभामुख पदको लागि रामचन्द्र मण्डलको नाम प्रस्तुत गर्ने तयारी गरेको छ ।

केन्द्रीय सत्ता साझेदार दलहरुले सभामुख, उपसभामुख र मुख्यमन्त्री पदको टुङ्गो काठमाडौंबाट नै तय गरेको बुझिएको छ । सोही सहमती अनुसार जसपाले मुख्यमन्त्री पाएको छ । नेकपा एमालेले सभामुख र जनमत पार्टीले उपसभामुख पाउने छन् ।

शुक्रबार मधेस प्रदेशको मुख्यमन्त्रीसहित तीन मन्त्रीले शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले माघ २ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ७ : २३ बजे

त्रिशूली किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खनन कार्य स्थगित, बसभित्र मानव कङ्काल फेला

तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका-५ दोन्द्राङवेसीस्थित त्रिशूली नदी किनारमा भेटिएको

युवराज सफल पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा सक्रिय एवं विभिन्न विषयमा अदालतमा रिट

कांग्रेसले चुनावी घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकतामा राख्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा

काठमाडौंका नौ क्षेत्रमा निर्वाचन गराउने जिम्मा महिला निर्वाचन अधिकृतलाई

काठमाडौं । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको