२९ भदौ २०८३, सोमबार | September 14, 2026

गण्डकीको सभामुखमा माओवादीका धिताल र कांग्रेसकी अर्यालको उम्मेदवारी



पोखरा । गण्डकी प्रदेशसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र) का कृष्ण धिताल र नेपाली कांग्रेसका सरस्वती अर्यालको उम्मेदवारी परेको छ ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका धितालको प्रस्तावकमा फणिन्द्र देवकोटा र समर्थकमा रोशनबहादुर गाहा थापा रहेका छन् । यस्तै अर्यालको प्रस्तावकमा डिल्लीराम सुवेदी र समर्थकमा डा टकराज गुरुङ रहेका प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

उम्मेदवारी सम्बन्धमा दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा छलफल भई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सत्ता गठबन्धनमा यसअघि नै गण्डकीमा नेकपा (एमाले)ले मुख्यमन्त्री र माओवादी केन्द्रले सभामुख पाउने सहमति भएको थियो ।

सहमतिअनुसार नै गण्डकी प्रदेश एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन् । साठी सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा (एमाले)का २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य छन् ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  २ : ४५ बजे

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

काठमाडौं । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको